करोडौं भुक्तानी नपाए पनि उही उद्योगलाई उखु बेच्न किसान बाध्य



पुष्पा थापा, सर्लाही
सरकारले नगदे बाली घोषणा गरेको उखु पाह्च वर्ष अघि बचेको भए पनि भुक्तानी भने अहिलेसम्म किसानले पाउन सकेका छैनन्। सर्लाहीको पश्चिमी धनकौलमा रहेको अन्नपूर्ण सुगर मिल र रौतहटमा गरुडामा रहेको श्रीराम सुगर मिलले किसानको करोडौं रुपियाह् भुक्तानी गर्न बाह्की रहेको छ।

अन्नपूर्ण सुगर मिलले किसानको करिब ३२ करोड भुक्तानी गर्न बाह्की रहेको छ। त्यस्तैे श्रीराम सुगर मिलले पनि किसानको करिब ३० करोड रुपियाह् भुक्तानी गर्न बाह्की रहेको छ। किसानको रकम भुक्तानी गर्न बाह्की राखेर दुवै चिनी कारखानाले केही दिन अघिबाट उखु क्रसिङ थालेका छन्। सरकारले उखुको बाह्की रकम भुक्तानी गर्न पटक–पटक ती दुवै उद्योगीलाई निर्देशन दिए पनि किसानले पाह्च वर्षदेखिको पुरानो रकम अहिलेसम्म पाउन सकेका छैनन्। पुरानो बाह्की रकम नपाए पनि अन्य विकल्प नभएपछि फेरि उद्योगलाई उधारोमा उखु बिक्री गर्न बाध्य भएको धनगढाका किसान फेकन साहले गुनासो गर्नुभयो।

सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर चिनी कारखाना र महोत्तरीमा रहेको एभरेष्ट सुगर मिलले किसानको सबै रकम भुक्तानी गरेको दाबी गरेका छन्। एकातिर ढिलो गरी चिनी कारखाना सञ्चालन हुने र अर्कोतिर समयमा नै उखुको भुक्तानी नपाएका कारण किसान उखु खेतीप्रतिको आक्रर्षण घट्दै जाह्न थालेको हरिवनका उखु किसान रामशरण उप्रेतीले बताउनुभयो। यस वर्ष विगतको भन्दा एक महिना ढिलो गरी उखु क्रसिङ शुरू भएकाले अहिलेसम्म जम्मा १५ प्रतिशत मात्रै उखु क्रसिङ भएको छ। तराईमा गर्मीको समय शुरू भएसह्गै किसानको उखु धमाधम खेतमा सुक्न थालेकाले उखु काटेर बिक्री गर्ने किसानलाई निकै चटारो परेको छ। धेरै उखु खेती हुने जिल्लाका दक्षिणी क्षेत्रका किसानलाई यस वर्ष खेतमा नै उखु सुक्ने हो की भन्ने चिन्ताले सताउन थालेको छ। किसानले समयमा नै उखु तौल पुर्जी नपाउने, काट्ने मजदुर र उखु बोक्ने साधन नपाएकाले झनै समस्या परेको लक्ष्मीपुरका किसान प्रेमहरी श्रेष्ठले गुनासो गर्नुभयो। केही किसानले समयमा नै उधोग सञ्चालन नभएपछि हिउह्दे फसलको खेती लगाउन सस्तो मूल्यमा क्रसरमा उखु बिक्री गरिसकेका छन्।

उद्योग र उखु किसानबीच समयमा मूल्य निर्धारण नहुह्दा उनीहरूले प्रति क्वीन्टल २८० रुपियाह्का दरले उखु बिक्री गर्न बाध्य भएका हुन्। बल्लतल्ल चिनी उधोग सञ्चालन भए पनि सबै किसानको उखु एकैपटक काटेर बिक्री गर्ने बेला भएकाले उखु बिक्री गर्न किसानबीच नै अहिले निकै हानथाप परेको छ। सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर चिनी कारखानाले अहिलेसम्म पाह्च लाख १७ हजार क्वीन्टल मात्र उखु क्रसिङ गरेको छ। यस वर्ष कारखानाले करिव ३५ लाख क्वीन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो। कारखानाले अहिले दैनिक ३० हजार क्वीन्टलको हाराहारीमा उखु क्रसिङ गरिरहेको छ। त्यसैगरी एभरेष्ट सुगर मिलले अहिलेसम्म साढे पाह्च लाख क्वीन्टल उखु क्रसिङ गरेको छ। ३५ लाख उखु क्रसिङ गर्ने लक्ष्य राखेको कारखानाले दैनिक ४५ हजार क्वीन्टल उखु क्रसिङ गरेको कारखानाका महाप्रबन्धक युगलकिशोर चौरसियाले जानकारी दिनुभयो। अन्नपूर्ण सुगर मिलले पनि बिहीबारदेखि दैनिक २० हजारभन्दा बढी क्रसिङ गरिरहेको छ।

यस वर्षबदखि महालक्ष्मी सुगर मिलले पनि उखु क्रसिङ शुरू गरेको छ। अरू भन्दा कम क्षमताको कारखाना भएकाले कमै मात्रमा उखु क्रसिङको लक्ष्य लिएको कारखानाले जनाएको छ। इस वर्ष धेरै उखु खेती गरेको भए पनि उत्पादन राम्रो नभएकाले लक्ष्य अनुसारको उखु क्रसिङ गर्ने नसकिने उद्योगले जनाएको छ। चिनी कारखाना ढिलो गरी सञ्चालन आएकाले उखुको सर सुकेर तौल कम हुह्दा नोक्सान परेको किसानले गुनासो गरेका छन्। खेतमा उखु सुक्दै जाने र उद्योगले समयमा भुक्तानी नगर्दा किसानले उखु काट्ने मजदुरको ज्याला ढुवानी भाडा ऋण गरेर तिर्न बाध्य भएका छन। सरकारले किसानलाई अनुदान वापत दिनुपर्ने गत वर्षको प्रतिक्वीन्टल ६५ रुपियाह् २८ पैसा पनि अझै पाउन सकेका छैन। किसानलाई दिन पठाएको २६ करोड रुपियाह्भन्दा बढी रकम चार महिनादेखि कोष तथा लेखानियन्त्रण कार्यालय सर्लाहीमा थन्किएको छ।चिनी उद्योगहरूले किसानको लालपूर्जाको प्रतिलिपि बैंक खाता र उखुको परिमाण खुल्ने गरी विवरण पठाउन नसक्दा अनुदान रकम बैंक खातामा जम्मा गर्न नसकिएको कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका प्रमुख जगत थपलियाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्