देशलाई खुसीको खबर



नेपालले आजसम्म नेपाल–भारत सीमामा तारबार लगाउने कुरा सुन्नसम्म पनि पाएको थिएन। तर, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले नेपाल–भारत सीमामा तारबार लगाउने कुरा उठाएको छ। पार्टीले जसरी यो कुरा उठायो र आफ्नो एजेन्डा बनायो यो देशका लागि निकै नै खुसीको खबर हो। यस्तो कार्य देश र जनताका लागि निकै नै खुसीको खबर हो। यस्तो एजेन्डालाई अहिलेको सरकारले स्वीकार्छ भन्ने हामी सबैलाई लागेको छ। अहिलेको अवस्थामा कुनै पनि पार्टी र कुनै पनि सरकार लामो समयसम्म टिक्नेवाला छैनन्। त्यसैले अब देशको सुरक्षा गर्न सिमानामा तारबार लगाइछाड्ने यो पहिलो र नयाँ एजेन्डा देखिएको छ। पार्टीको यस्तो उत्कृष्ट प्रतिबद्धता हामी सबैका लागि स्वीकार्य छ। यसलाई हामी सबैले स्वागत गर्नैपर्छ।
– गणेश कार्की, साँखु–७ काठमाडौं

प्रतिक्रिया दिनुहोस्