बनाऔं धुर्मुस–सुन्तली मन्त्रालय



कलाकार धुर्सुस र सुन्तलीको अगुवाइमा क्रिकेट रङ्गशाला निर्माण हुने भएसी क्रिकेट खेलाडीलाई हौसला मिल्नु स्वाभाविकै हो। राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगितामा पटक–पटक भिडिसकेका खेलाडी मात्रै होइन, भर्खरका आलाकाँचा खेलाडीलाई पनि गज्जबकै हौसला मिल्या छ। खेलाडीभन्दा कयौ गुणा दङ्ग/मख्ख छन् नेता।

रङशाला निर्माणको सम्झौता भएसी पीएम ओली, उनका दौंतरी प्रचण्ड, प्रचण्डपुत्री रेणु अनि सरकारको गुणगान गाउनेहरू नेपाली क्रिकेट टोलीले विश्वकपै जित्याझैं गर्न थाल्या छन् भन्या। वर्षौंदेखि माग हुँदै आएको तर त्यो मामलामा एउटा सिन्को पनि भाँच्न नसक्या बेला धुर्सुस–सुन्तली अघि बढेसी नेताले ठूलै सफलता प्राप्त ग¥या बुझ्या छन्।

अनि रङ्गशाला आफ्नै अनि छोरीको निर्वाचन क्षेत्रमा बन्ने भएसी प्रचण्ड प्रफुल्लित नहुने कुरै भएन। देशी–विदेशी शक्ति लागेर सरकारले गति लिन नसक्या बेला धुर्मुस–सुन्तलीले चाहिँ फेरि देशी–विदेशी सहयोग जुटाएर रङ्गशाला बनाउने आँट ग¥या छन्। अचम्मै छ भन्या, कसैका लागि देशी–विदेशी साढेसाती बन्ने अनि कसैका लागि चाहिँ फलिफाप हुने⁄
हैन, यहाँको हावापानी नै उस्तो हो कि क्या हो। सरकारले गर्ने, बनाउने भन्या परियोजना सधैं ल्याङ ल्याङै हुन्छ भन्या। सरकारले मूलपानीमा रङ्गशाला बनाउन थाल्या दशक नाघिसक्यो, त्यहाँको अवस्था नियाल्दा बिजोकको पराकाष्ठा नाघ्या छ। बरु साढेसाती धपाउन अनि सरकारले गति लिन छुट्टै धुर्मुस–सुन्तली मन्त्रालय गठन गरे कसो होला ?

प्रतिक्रिया दिनुहोस्