मुलुकको शान्ति प्रक्रियामा अवरोध नगर्न प्रधानमन्त्री ओलीको चेतावनी



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शान्ती प्रक्रिया टुंगिने अवस्थामा पुगेकोले यसमा अवरोध गर्नु उपयुक्त नभएको बताउनुभएको छ ।
१८ औं सशस्त्र प्रहरी दिवशका अवसरमा आज सशस्त्र प्रहरीको मूख्यालय हलचोकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

 


प्रधानमन्त्री ओलीले विगतको द्वन्द्वरत पक्ष शान्तिपूर्ण राजनीतिमा आइसकेको र शान्ति प्रक्रियाका अधिकांस काम अन्तिम चरणमा पुगिसकेको अवस्थामा विगतका घाउलाई कोट्याइनु उपयुक्त नभएको बताउनुभएको छ ।
“हिजोका घाउ चोटलाई बल्झाउने प्रयास भएका छन् । हामीले द्वन्द्वमा अनावश्यक रुपमा फस्नु हुदैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हिजोका क्षती सम्झाएर थप क्षती गर्नेतिर लाग्नु हुदैन । यस्ता तत्वहरुको पहिचान गरेर तिनलाई निस्तेज पार्नुपर्दछ । किनभने सबै नेपालीको साझा आकांक्षा शान्ती हो ।”
प्रधानमन्त्री ओलीले विभिन्न आवरणमा शान्ती प्रक्रियालाई बल्झाउन खोज्नेहरुका बारेमा सरकार जानकानर रहेको बताउनुभएको छ । “हामी राजनीतिको कठोर यात्रा पार गरेर यहाँसम्म आइपुगेका छौं । अब पछाडि फर्कने कुरा हुन सक्दैन । देशलाई पछाडि फर्काएर तानाशाहीमा लैजाने कुरा अब कसैले सहन सक्दैनन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यसैले व्यवस्थापन भइसकेको शाान्ती प्रक्रियाका बिषयमा अनावश्यक चलखेल सैह्य हुदैन ।”
प्रधानमन्त्री ओलीले वर्तमान सरकारले देशलाई अघि बढाउने कार्यभार लिएको बताउनुभएको छ । “सरकार देशमा सुशासन र समृद्धि ल्याउन हर तरहले प्रयत्नशिल छ । यसमा सुरक्षा निकायको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकारले शुन्य भ्रष्टाचारको नीति अवलम्बन गरेको दोहो¥याउनु भएको छ । यसका लागि भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएका सुरक्षा अंगहरुलाई पनि चनाखो हुन प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ । “शान्ती सुरक्षा र भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएका निकायहरुले गै¥ह कानुनी दोहन गर्ने कुरा उपयुक्त हुदैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसमा सबैजना सजग हुनुपर्दछ ।”
प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरीले छोटो समयमा नै असधारण प्रगति गरेकोमा प्रशंसा गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्