६१ सुकुम्बासीलाई जग्गा: ८ सय ९३ भूकम्पपीडितको निवेदन खारेज



मोतीराम तिमिल्सना, काभ्रे

भुकम्प गएको तीन वर्ष पछि जग्गा विहिन सुकुम्बासीहरुलाई जग्गा ब्यवस्थापन गर्न ६१ सुकुम्बासीहरुले आवेदन दर्ता गरेका छन् ।

दर्ता भएका मध्ये १२ जनाले जग्गा खरिदका लागि २ लाख रुपैया प्राप्त गरिसकेका छन् । ८ सय ९३ जनाको अन्यत्र घर भएकाले लाभग्राहि नहुने भन्दै सूचीबाट हटाईएको छ । सरकारले भुकम्पबाट पुर्ण रुपमा क्षति भएका घर परिवारहरुको बासस्थानका लागि जग्गा खरिदका लागि २ लाख रुपैया र पुनर्निर्माणका लागि ३ लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको थियो ।

सबै स्थानीय तहमा भएका सुकुम्बासीहरुलाई जग्गा ब्यवस्थापन गरी आवास निर्माण गर्न रकम उपलब्ध हुने भएकाले पत्राचार गरिएको छ । केहि स्थानीय तहमा रहेका सुकुम्बासीहरुले अझै कागजात लिएर नआएको जिल्ला पुनर्निर्माण कार्यान्वयन ईकाईले जानकारी दिएको छ । जिल्लामा थुप्रै सुकुम्बासीहरु भए पनि सरकारले उपलब्ध गराउने २ लाख अनुदान रकमका लागि पर्याप्त आवेदन परेको छैन । लाभग्राहिमा परेका केहि ब्यक्तिहरुले घर नबनाएपछि रकम फिर्ता गर्न जारी गरेको सूचना अनुसार ३२ जनाले रकम फिर्ता गरेका छन् । लाभग्राहिमा नपरेका केहिको उजुरी छ । पहिलो किस्ता लिनेहरुले आवास निर्माण नगरेपछि रकम फिर्तामा कडाई भएको हो ।

हालसम्म जिल्लामा ३१ प्रतिशत पुनर्निमाणको काम सम्पन्न भएको छ । पुनर्निर्माण सम्पन्न भएका २५ हजार ३ सय ९२ ले मात्रै तेश्रो किस्ता लिएका छन् । ४६ हजार १ सय ७१ जनाले दोश्रो किस्ता लिएका छन् । ५६ प्रतिशत ब्यक्तिले दोश्रो किस्ता लिए पनि तेश्रो किस्ता लिन आलटाल गरिरहेका छन् । दोश्रो किस्ता लिन घरको जग मात्रै राख्ने क्रम अझै जारी छ । ७२ हजार १७ जनाले पहिलो किस्ता प्राप्त गरेका थिए । ८२ हजार ८ सय ३३ लाभग्राहि मध्ये ७२ हजार १७ जना पहिलो किस्ताका लागि योग्य देखिएका थिए । भुकम्पमा पुनर्निमाणका लागि ९८ हजार १९ जनाको सर्भे गरिएको थियो । लाभग्राहिमा नपरेका २५ हजार ३ सय ४० ब्यक्तिले गुनासो भरेका थिए । गुनासो भरेका मध्ये १९ हजार ६ सय ३१ पहिलो चरणमा गुनासो ब्यवस्थापन गरिएको थियो ।

गुनासो भरिएका मध्ये ४ हजार ४ सय ८० लाभग्राहिमा थपिएका थिए । गुनासोमा भरेका फारामहरु मध्ये पुनः सर्वेक्षण गर्नु पर्ने ५ हजार ५ सय ९३ रहेका थिए । लाभग्राहीमा नपर्ने देखिएको ७ हजार ५ सय ५९, स्थलगत निरिक्षणका लागि छानिएका १ हजार ९ सय ९९ रहेका छन् ।

दोश्रो चरणमा पूनःजाँच तथा सर्वेक्षण १८ हजार ४ सय ७४ जनाको सम्पन्न गरेको छ । पुनर्निर्माण लाभग्राही ५ हजार ६९, प्रवलिकरण लाभग्राही ३ हजार १ सय २ गरी ८ हजार १ सय ७१ जनाको गुनासो सम्बोधन गरिएको छ । अन्य स्थानमा घर भएको ८ सय ९३ जनालाई लाभग्राही सूचीबाट हटाईएको छ । गैर लाभग्राहीका रुपमा ५ हजार ४ सय ७४ जना परेका छन् ।

३ हजार ९ सय ३६ जना गुनासो सम्बोधन हुन बाँकी रहेको छ । पुनरावेदन गर्न पाउने गुनासोकर्ता ५ हजार ४ सय ७४ जना रहेका थिए । ९ सय ५१ जनाले मात्रै पुनरावेदनका लागि आवेदन दिएका छन् । ति मध्ये ८ सय १५ जना ब्यक्तिको पुनरावेदनका लागि पठाईएको छ । ७७ वटा फाईल फिर्ता भएको छ । ६२ वटा फाईल पुनःरुजु गरेर पठाउन तयार गरिएको छ । भुकम्पबाट क्षति भएका जिल्लाका तीनवटा सडक पुनर्निर्माण शुरु गरिएको छ । खोपासी–ढुंखर्क–च्याम्रिङबेशी– मिल्चे–बोरंगको १४ किमि सडक निर्माण कार्य शुरु भए पनि सम्पन्न भएको छैन ।

गएको वर्षाबाट ३० स्थानमा गएको पहिरो समेत हटाईएको छैन । २१ करोड ५६ लाख ४६ हजार रुपैयाको उक्त सडक निर्माण सम्पन्न भई सक्नु पर्ने समयावधी नजिकिदै छ । मण्डन नगरपालिकाका दुई सडक पनि निर्माणको चरणमा छन् ।

प्रतिक्रिया दिनुहोस्