“बारुदमाथि उड्दा” भित्रका तरङ्गहरू



केशव थापा
ढिलो पढ्ने, पढ्दा घत लागेको, पत्याउन कठिन भएको विषयमा अलि बढी नै घोत्लने आदतले गर्दा क्याप्टेन रामेश्वर थापाद्वारा रचित कृति ‘बारुदमाथि उड्दा’ लोकार्पण भएको एक हप्तापछि मात्र बल्ल पढिसकेँ। कृति पढ्दै जाँदा त्यसले मानसपटलमा पारेको छाप, हृदयतलमा ल्याएको हलचल, कतिपय घटना–परिवेशले सिर्जना गरेको उद्वेग, काभ्रेली छोरो क्या। रामेश्वर थापाको गौरवगाथाले अनुप्रेरित भएर यो आलेख तयार पारेको हुँ। विषयक्रम मात्र नभई समयक्रमले समेत तस्वीर खण्डबाहेक कृति ४३ खण्डमा विभक्त रहेको देखिन्छ।

सन्तोष गर्दा खान पुग्ने न्यायक्षेत्रको सम्मानित जागिर र कार्पेट व्यवसायमा पनि संलग्न रहेका रामेश्वर थापाले उपत्यकाबाहिरको सरुवालाई सहज पचाउन सकेनन्। थोरबहुत जोरजाम गरेको सम्पत्ति बिक्री गरी अमेरिकामा अवसर नपाएपछि हेलिकोप्टर पाइलटको तालिमका लागि उनी रुसमा पुगे। तालिममा उत्कृष्ट नतिजा हासिल गरेको रोमाञ्चक कहानीले ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भन्ने नेपाली लोकोक्ति झनै ठीक लाग्छ। वि।सं। २०४६ मा पञ्चायती निरङ्कुशताभन्दा कैयौं गुणा बढी प्रगतिशील संवैधानिक राजतन्त्रसहितको बहुदलीय शासन प्रणाली प्रारम्भ भएको पाँचवर्ष पनि नपुग्दै के–कति कारणले नेपालमा सशस्त्र युद्धको बीउ रोपिनुपरेको होला भन्ने मेरो लामो समयदेखिको जिज्ञाशालाई क्याप्टेन थापाको यस कृतिले धेरथोर शान्त पारेको छ। सरल र सादा जीवनका पर्याय, नेपाली राष्ट्रियताका घनघोर पक्षपाती, नेपाल र नेपालप्रति अति इमानदार स्व। कृष्णप्रसाद भट्टराई र स्व। मनमोहन अधिकारीहरू अपमानित, प्रताडित हुनुपर्ने र अन्य खलनायकहरू भने नौ–नौ महिनामा सत्ताको लुकामारी खेलमा लिप्त हुने दिन किन आए होलान् भन्ने विषयका सम्बन्धमा क्याप्टेन थापाले सीधै नलेखे पनि दरबारिया अनुदारवादी शक्तिहरू संवैधानिक राजतन्त्र पक्षधर प्रजातान्त्रिक शक्तिसँग असन्तुष्ट रहेकोले उनीहरूसमेतको षड्यन्त्रमा सशस्त्र युद्धको चक्रब्यूहको विभीषिका रचिएको हो भनी लख काट्न कुनै आइतार कुर्नुपर्ने देखिँदैन।

नेपाल राष्ट्र र नेपाली राष्ट्रियताका पहरेदार भन्ने गरिएका तत्कालीन नेपाली सेनाका हाकिमहरूले लामो समयसम्म मानौं प्रहरी भनेका नेपाली नै होइनन् र उनीहरूको जन्म माओवादीहरूद्वारा मारिनकै लागि हो भने जस्तो गरी गरेको गैरमानवीय व्यवहार, केही परको दूरीमा माओवादीले युद्धका नियम, मर्यादा र धर्मलाई बिर्सेर प्रहरीमाथि ज्यादती गर्दा पनि उनीहरूको ज्यान बचाउने पुकारा सुन्दा पनि नेपाली सेना मानौं केही नै नभएजस्तो गरी मुकदर्शक बसेको कहानीले दिक्दार तुल्याउँछ। नेपाली सेनामा प्रवेश गर्दा आफूले खाएको शपथ, नेपालको सेनाको इतिहास र विरासतको आलोकमा हेर्दा त्यति बेला नेपाली सेनाको नेतृत्वदायी पदमा विराजमान र हाल राज्यको ढुकुटीबाट निवृत्तिभरण उपभोग गरिरहनुभएका सम्मानित व्यक्तिहरूको तत्कालीन अवस्थामा आफ्नो भूमिकालाई सम्झेर मनमा कस्तो आँधीबेरी चल्दो हो भन्ने जिज्ञासा एकातर्फ पैदा हुन्छ भने अर्कातर्फ त्यो आफू चुकेको कालखण्डलाई नेपाली सेनाले कसरी क्षतिपूर्ति गर्ला भन्ने जिज्ञासा पनि पैदा भइरहन्छ।

क्याप्टेन थापाले कृतिमा उल्लेख गरेझैँ होटेल सोल्टीमा दरबारिया अनुदारवादी शक्ति र माओवादी उच्च नेतृत्वको लसपससँग अप्रत्याशित साक्षात्कार भएकै कारणले सशस्त्र प्रहरीका महानिरीक्षक कृष्णमोहन श्रेष्ठको हत्या भएको होला त रु के सत्यतथ्य सार्वभौम भनिएका नेपाली जनताले थाहा पाउनुपर्दैन रु दरबारिया शक्ति अस्ताउँदो अवस्था भए पनि नेपाली धर्तीमा चिरकालसम्म राजनीति गर्ने ख्वाप राख्नेहरूले मुख नखोल्दा तीप्रति नेपाली जनताको धारणा कस्तो बन्ला रु क्या। थापाको बारुदमाथि उड्दा र अच्युतकृष्ण खरलेको ‘अच्युतकृष्ण खरेल’ पढ्दै जाँदा त्यति बेलाका नेपाल प्रहरी र नेपाली प्रहरीका उपल्लो तहका हाकिम साहेबहरूलाई बारम्बार सलाम गरिरहन मन लाग्छ। त्यो साहस र आँटलाई अहिले पनि जोडले खुट्टा बजारेर सलाम गर्न मन लाग्छ। पड्कन साइत कुर्नुपर्ने थोत्रा बन्दुक, लड्नलाई मुस्किलले बढीमा ३०–३५ जनाको डफ्फामा रहेर पनि आत्मसमर्पण नगरी छलीयुद्धका वस्ताजहरूसँग शरीरमा एकमुठी प्राण रहेसम्म लड्ने नेपाली प्रहरीका जवानहरू, सुरक्षा दस्ताले घेरिएर पनि युद्धस्थल जान प¥यो भने टार्ने नेताहरू भएको यो देशमा कस्तै जोखिम उठाएर पनि आपतमा बसेका नेपाल प्रहरीका जवानहरूको उद्धारको लागि खट्ने क्या। थापा धन्यवादका पात्र हुन्। साधुवाद छ, तिनीहरूको सुकर्मलाई।

तत्कालीन आन्तरिक गृहयुद्ध नराम्रोसँग जकडिएको देशका विभिन्न भागमा भएका भिडन्त र उद्धारको सिलसिलामा व्यहोर्नुपरेको आरोह–अवरोहको जीवन्त वर्णनले प्रस्तुत कृतिलाई अहिलेको समयको अमूल्य खँदिलो र जीवन्त बनाएको छ। भावी पुस्तालाई माओवादी द्वन्द्वको अन्तर्य, त्यसले आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, व्यावसायिक एवं राजनीतिक जीवनमा पारेका राम्रा÷नराम्रा प्रभावहरूको बारेमा बुझ्न विश्वसनीय सन्दर्भ सामग्री हुने तथ्यमा शङ्का गर्नुपर्ने देखिँदैन। अझ समाजशास्त्री, राजनीतिक चिन्तक एवं इतिहासवेत्ताहरूले यस कृतिलाई केन्द्र मानेर तत्कालीन प्रजातन्त्रविरोधी अनुदारवादीहरूको जालझेल र षड्यन्त्रको थप चिरफार गर्न सक्नेछन्। यस अर्थमा यो सामान्य कृति नभएर राष्ट्रिय महत्वको अमूल्य सिर्जना हो।

कतिपय घटना परिवेश आफूले पनि भोगेको, कतिपय घटना टेलिभिजनको पर्दामा हेरेको, पत्रपत्रिकामा पढेको तर अहिले क्रमशः विस्मृतिको गर्तमा पुरिँदै गएको नेपाली इतिहासको त्यो बीभत्स कालखण्डलाई विनाआग्रह–पूर्वाग्रह बुद्धमनले प्रेरित भई जस्ताको तस्तै शब्दचित्रमा उतारिएको यो कृति प्रत्येक नेपालीले एकपटक पढ्नै पर्ने कृति हो। दरबार र माओवादीको अनुचित लसपसबारे जानकारी पाउन मात्र होइन अथक् मिहिनेत र दृढ इच्छाशक्तिले समयको पदचापलाई पछ्याउन सक्ने मानिस गरिबीको दुश्चक्र तोडेर कसरी सम्पन्नताको शिखरमा पुग्न सक्दो रहेछ, अठोट भए एउटा निजी हेलिकोप्टर कम्पनीमा काम गर्ने जागिरे कसरी उड्डयन, रियलस्टेट, मिडिया, पर्यटन, हाइड्रो, शिक्षा क्षेत्रमा लगानी गर्ने अब्बल दर्जाको उद्यमी बन्दो रहेछ, बाबुपुस्ताले कष्टले शुरू गरी स्थापित गरेको व्यवसाय छोरापुस्ताको दम्भ र अंहकारले कसरी धराशयी हुँदो रहेछ, नेपाल आमाकी एउटी असल छोरीले अमेरिकी समाजको सुखसयल त्यागेर आफ्नो श्रीमान्लाई नेपालको नै सेवा गर्न कसरी अनुप्रेरित गर्दिरहिछिन् भन्ने जानकारी लिन, नेपालको विषम भौगोलिक बनावट भएको मुलुकमा मानवीय उद्धार, राहत वितरण आदि कार्यमा हेलिकोप्टर र त्यसको पाइलटको भूमिका पहिल्याउन, बाटो छेकेर नेपाल प्रहरीबाट लुटिएको हतियार खोस्न प्रयत्न गरौं भन्ने नागरिक क्याप्टेन रामेश्वर थापा सो नसुनेजस्तो गरी लापर्वाह गर्ने तत्कालीन नेपाली सेनाको गैरजिम्मेवारीपनाबारे विदित छन्।

नेताहरूलाई काम लाग्ने व्यक्तित्व निर्माण गरिसकेको व्यक्तिले आफूलाई मात्र बामारण्यको आधिकारिक शेर ठान्नेहरूलाई कालान्तरमा एउटै मचानमा बसाल्ने गरी कसरी तारतम्य मिलाउन सक्दो रहेछ आदि रोचक तथ्य थाहा पाउन एकपटक बारुदमाथि उड्दा कृतिमा गहिरो डुबुल्की लाउनै पर्छ।
बुकहिलले मिल्नेसम्म स्तरीय प्रकाशन र बजारीकरणको कौशल लगाएको, भााषाशिल्पी राजाराम गौतम र शेखर खरेलले होसियारपूर्वक खिपिखिपी तयार पारेको यो कृतिको पाना नं। २१४ को लगत्तैपछिको तस्वीरमा क्या। रामेश्वर थापाकी पूज्य आमाको तत्कालीन मुखाकृति अहिलेको रामेश्वरको जस्तो देखिँदा आमाको जस्तो अनुहार भएका छोरा र बाबुको जस्तो मुहार भएकी छोरी भाग्यमानी हुन्छन् भन्ने नेपाली भनाइ फेरि एकपटक सत्य नै लाग्यो मलाई।

अन्त्यमा, दर्जनौं व्यवसायमा हात हाली शानले जमेका काभ्रेली सपुत क्या। रामेश्वर थापा उनका पूज्यपिता स्व। बलबहादुर थापाको आदर्शवाणी ‘अकीर्तिको सम्पत्ति मेरा घरमा नपरोस्, शिर झुक्ने काम कहिल्यै नगरेस्’ मा अड्न सकून् र हामी काभ्रेलीहरू उनको सुयश र सफलतामा सदा गर्व गर्न सकौं।

प्रतिक्रिया दिनुहोस्