साप्ताहिक राशिफलः माघ १२ देखि १८ गतेसम्म



मेष
साताको मध्य अर्थात् मंगलबारसम्म तपाईंको भाग्य चम्किनेछ। अधुरा रहेका वा थालनी गरिएका कार्यहरु पूरा होलान्। आर्थिक लाभ हुनाले परिवारमा सुखशान्ति हुने, उत्तम भोजन पाइनेछ। स्वास्थ्य चुस्तंतन्दुरुस्त भएको अनुभूति हुने, पढाइंलेखाइ वा पेसा व्यवसायमा सफलता हात पर्नेछ। तर बुधबारबाट भने साथीभाइसँग विवाद पर्ला, धनंसम्पत्तिको नोक्सानी हुने देखिन्छ।

वृष
तपाईंका लागि यो साता सुखंसमृद्धिदायक छ। बोलीबचनमा सरस्वती बस्नाले बोलेको लाग्ने, आर्थिक लाभ हुने, सुखंसन्तोष हुनेछ। राज्यको सेवांसुविधा प्राप्त हुने, राजनीतिक सक्रियतासमेत बढ्नेछ। आफ्नो गरिरहेको व्यवसायबाट यथेष्ट फाइदा हुनेछ। मानंप्रतिष्ठा बढ्नेछ। तर आज शनिबार र साताको अन्त्य शुक्रबार भने आर्थिक नोक्सानी, अस्वस्थता एवम् तनाव होला।

मिथुन
तपाईंका लागि यो साताका शुरुका दिनहरु शुभ फलदायक छैनन्। स्वास्थ्यमा समस्या आउन सक्छ। व्यापार व्यवसायमा अनेक बाधांव्यवधान आउन सक्छ। चिताएभन्दा बढी खर्च हुनाले आर्थिक सन्तुलन मिलाउन गाह्रो पर्ला। मुद्दामामिलामा झमेला, मानंसम्मानमा चोट पुग्ने सम्भावना छ। तर अन्तिमका तीन दिनमा भने राम्रो छ। शारीरिक स्वस्थता, आर्थिक लाभ, सुखंसन्तोष हुनेछ।

कर्कट
तपाईंका लागि यो साता त्यति शुभ फलदायक देखिँदैन। मानंसम्मानमा आघात पर्ने सम्भावना छ। गरेका कार्यहरु सफल हुन कठिन होला। निरर्थक खर्च, अनावश्यक हैरानी बेहोनर्ुपर्ला। रुघाखोकीले सताउन सक्छ। परिश्रम धेरै तर प्रतिफल कम प्राप्त हुनेछ। तर आज शनिबार र साताको अन्त्य शुक्रबार भने सुखंसन्तोष हुने, स्वास्थ्य तन्दुरुस्त हुने, आर्थिक लाभ हुने सम्भावना छ।

सिंह
तपाईंका लागि यो साताका मध्यदिनहरु उपलब्धिमूलक छन् भने अन्त्यका दिनहरु त्यति फलदायक देखिँदैनन्। आइतबारदेखि मंगलबारसम्म आर्थिक लाभका साथै काम गर्ने हौसला जाग्ला। प्रतिष्ठा बढ्ने, आम्दानी हुने सम्भावना छ। तर अन्य दिनहरुमा भने के गरौं र कसो गरौंको स्थिति आउला। काममा बाधांव्यवधानका साथै अनेक झमेला आइलाग्न सक्छ। खर्च वृद्धिको सम्भावना छ।

कन्या
यो साता तपाईंका लागि मिश्रित फलदायक छ। आज शनिबार समयले साथ दिन सक्छ भने भोलिदेखि मंगलबारसम्म समय अनुकूल छैन। हुन लागेका काममा बाधांव्यवधान आउन सक्छ। अनावश्यक खर्च, तनाव, झैझगडाको सामना गनर्ुपर्ने हुनसक्छ। स्वास्थ्यमा समेत गडबडी हुनसक्छ। तर बुधबारबाट समस्याहरु समाधान हुँदै जानेछन्। मानंसम्मान बढ्ने, आम्दानी हुने सम्भावना छ।

तुला
तपाईंका लागि यो सातामा के गरौं र कसो गरौंको स्थिति आउला। कुनै दिन भाग्य नै चम्किनेछ भने कुनै दिन अनेक झमेला र दुःख आइपर्ला। आज शनिबार, बुधबार र बिहीबार तपाईंका लागि अनुकूल समय छैन। यी दिनहरुमा सफलता हासिल गर्न कठिन होला। तर बाँकी दिनहरुमा भने सुखंशान्ति, शुभ खबर प्राप्ति, उन्नतिंप्रगति, आम्दानीको सम्भावना छ।

वृश्चिक
यो साता तपाईंका लागि त्यति फलदायक देखिँदैन। हुन लागेका काम पनि रोकिने सम्भावना छ। आफन्तजनबाट धोका मिल्न सक्छ। आर्थिक भारले गर्दा तनाव झेल्नुपर्ला। स्वास्थ्यले समेत साथ नदिन सक्छ। तर आइतबार, बुधबार र बिहीबार भने तपाईंले सफलता हासिल गर्न सक्नुहुनेछ। प्रयास गरेमा कतैबाट केही आम्दानी हुनसक्छ। सम्मान एवम् पुरस्कार प्राप्तिको सम्भावना छ।

धनु
यस हप्ताका बढीजसो दिन तपाईंका लागि शुभ छन्। गरेका कार्यहरु सफल हुँदा सुखानुभूति हुनेछ। कतैबाट खाद्यान्न लाभ होला। आफन्त वा साथीभाइसँग रोमान्टिक यात्राको सम्भावना छ। उपहारस्वरुप कतैबाट प्रिय वस्तु प्राप्त हुने सम्भावना छ। तर बुधबार र बृहस्पतिबार भने कार्यमा असफलता हुँदा तनाव बढ्नेछ। धन हानि, मान हानिको सम्भावना छ। धैर्य गनर्ुहोला।

मकर
तपाईंका लागि यो साताको शुरु र अन्त्यका गरी दुई दिनबाहेक सबै दिनहरु उपलब्धिमूलक देखिन्छन्। व्यापार व्यवसाय गरेको भए मनग्य फाइदा होला। जागिरे भए पदोन्नतिको सम्भावना, विद्यार्थी भए पठनपाठनमा सफलता हुने देखिन्छ। साथै सामान्य परिश्रमबाट पनि नचिताएको धन वा पैसा प्राप्तिको सम्भावना छ। तर आज शनिबार र भोलि शुक्रबारको दिन भने अनुकूल देखिँदैन।

कुम्भ
साताको मध्य अवधिसम्म दिनहरु अनुकूल छैनन्। पारिवारिक विवाद, पेटको स्वास्थ्य समस्या, विनाउपलब्धिको दौडधुप, हुन लागेको काममा रोकावट हुने सम्भावना छ। तर बुधबारबाट भने दिनहरु शुभ छन्। सबै समस्या समाधान हुनेछन्। आर्थिक लाभ, पारिवारिक सुखंसन्तोष, शत्रुमाथि विजय, लेखाइंपढाइमा सफलता, विपरीत लिंगीबाट सहयोग, शुभ यात्राको सम्भावना छ।

मीन
यो साताका धेरैजसो दिनहरु शुभ फलदायक देखिँदैनन्। आज शनिबार र अन्त्यको शुक्रबार प्रयास गरेमा उन्नतिंप्रगति होला। सुखंसन्तोष एवम् रमाइलो होला। तर बाँकी सबै दिनहरु तपाईंका लागि अनुकूल देखिँदैनन्। विभिन्न आरोप सहनुपर्ला। दुःखंकष्ट, स्वास्थ्यमा समस्या, इज्जतंप्रतिष्ठामा आघात, राज्यबाट भय हुने सम्भावना छ। साथीभाइ, इष्टमित्रबाट धोका पाइन सक्छ।

प्रतिक्रिया दिनुहोस्