देववाणी संस्कृतमा शक्ति



पतञ्जलि–१८
प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला

शेषनाग शंकरको ताण्डव नृत्य हेर्न पृथ्वीतलमा जानुअघि नारायणले उपदेशात्मक शैलीमा उनलाई भन्दै जानुभयो– ‘वाणीमध्ये पहिलो वाणी देववाणी हो। देवताहरूको वाणीमा श्राप र वरदान दिने शक्ति भएको पनि यसै देववाणीको प्रभावले हो। यो वाणी सर्वप्रथम ब्रह्माबाट सृष्टि भएको हो। अतः यो ईश्वरीय हो। आदिभाषा हो। अनादिभाषा हो। अमरभाषा हो।

यसमा पहिले व्याकरण थिएन। सधैँ व्याकरणविहीन रहँदा यसमा विकार आउने डर थियो। कुनै पनि वस्तु विकृत भएपछि दूध फाटेको पानीजस्तो त्यसमा शक्ति वा सामथ्र्य रहँदैन। मूल प्रकृति शब्दबाटै जन्मेको वा अपभ्रष्ट भएको हुनाले त्यस विकृत शब्दले कदाचित् अर्थसम्म त देला तर देववाणीका जस्तो सामथ्र्य र अदृष्ट सिद्ध गर्ने शक्ति त्यसमा हुँदैन। बुझ्यौ शेष रु’ नारायणले सोध्नुभयो।
‘बुझेँ प्रभो ⁄ हजुरको यस्तो अमृतमय उपदेश पाएर म कृतकृत्य भएको छु, लक्ष्मीपते रु अगाडि आज्ञा होस्।’ शेषनागले भने।

‘हेर शेष ⁄ यस संसारमा सबैभन्दा महत्त्वपूर्ण शुद्धता भन्नु नै वाणीको शुद्धता हो। त्यो वाणी पनि मनकै उपज हुनाले मन शुद्ध भएमा नै कसैको वाणी शुद्ध हुन्छ। मन पनि शरीरमा आश्रित हुन्छ। शरीर स्वस्थ रह्यो भने मात्र मन स्वस्थ, शुद्ध र सत्संकल्पकारी हुन्छ। मन, वचन र शरीर स्वस्थ एवं शुद्ध भयो भने मात्र व्यक्ति सत्कर्ममा प्रवृत्त हुन्छ। त्यस सत्कर्मबाट शुद्ध फल प्राप्ति हुन्छ।

देववाणी संस्कृतका पहिला वैयाकरण स्वयं ब्रह्मदेव हुनुहुुन्छ। ब्रह्माबाट यो व्याकरण विद्या बृहस्पतिले सिके। बृहस्पतिबाट इन्द्रले, इन्द्रबाट वायुले, तिनबाट भरद्वाजले, भरद्वाजबाट ऋषिमुनिहरूले र ऋषिहरूबाट सामान्य लोकले सिके र यी सबै वैयाकरण भए। यसरी तिनीहरूबाट समय–समयमा संस्कार परिष्कार हुँदै–गर्दै आएको देववाणी हो यो हामीले बोल्ने गरेको भाषा।
क्रमशः

प्रतिक्रिया दिनुहोस्