लालटिन बालेर अध्यापन शुरु गरेकोे सिद्वार्थ गौतम बुद्ध क्याम्पस शैक्षिक गुणस्तरमा अव्बल



यमलाल भुसाल, बुटवल ।
लालटिन बालेर कक्षा संचालन गरेको बुटवल स्थित सिद्वार्थ गौतम बुद्ध सामुदायिक क्याम्पसले विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्राप्त गरेको छ ।

२०४८ सालमा दिनभरी रोजगारी तथा मजदुरी गर्नेहरुलाई मध्य नजर गरी साँझमा अध्यापन गराउने गरी रात्री क्याम्पसका रुपमा स्थापना गरिएको उक्त क्याम्पसले गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएसंगै १ करोड ५० लाख सम्मको अनुदान सहयोग पाउने भएको छ ।

लुम्बिनी अंचल अस्पतालको नाममा रहेको जग्गा ततकालि मन्त्री परिषदको निर्णयगराई क्याम्पस संचालन गरिएको होे ।

यो गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाउनु अघि क्याम्पसले ५० लाख मात्र अनुदान पाउदै आएको थियो ।

त्यस्तै गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएपछि क्याम्पस विश्वस्तरिय शैक्षिक गन्तव्यको रुपमा परिणत, प्रतिस्पर्धात्मक वातावरणमा अब्वल, गुणस्तरिय शिक्षाको प्रत्याभुर्ति, सामाजिक दाईत्व पुरा, विभिन्न विश्वविद्यालय र क्याम्पसहरुसंग सहकार्यका लागि अवसर, अनुसन्धानात्मक क्रिर्याकलाप अगाडी बढाउनु मार्ग खुल्ला, र समुधुर शैक्षिक वातावरण निर्माणका लागि टेवा पुगेको क्याम्पस प्रमुख बाबुराम पाण्डेले बताउनु भयो ।

क्याम्पसले बिहीबार पत्रकार भेटघाट गरी क्याम्पसलाई ठूलो सफलता मिलेको बताएको छ । क्याम्पस प्रमुख पाण्डेले क्याम्पसको भौतिक पूर्वाधार, शिक्षाको गुणस्तर, विद्यार्थीको रोजगारको अवस्थालाई मुल्याकंन गरी गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्राप्त गरिएको जानकारी गराउनु भयो ।

सिद्वार्थ गौतम बुद्ध क्याम्पसहित नेपालमा ३० वटा सामूदायिक क्याम्पसले गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्राप्त गरेको क्याम्पस प्रमुख पाण्डेले बताउनु भयो ।

क्याम्पसलाई दीगो रुपमा सञ्चालनका लागि वित्तिय, शैक्षिक, व्यवसायी, औद्यौगिक लगायतका विभिन्न ११ वटा क्षेत्रसंग समन्वय तथा सहकार्य गरिएको बताउनु भयो । हाल क्याम्पसमा ५३ प्राध्यापक १५ जना कर्मचारी कार्यरत र ३ हजार बढी विद्यार्थी अध्ययनरत रहेका छन ।

सिद्वार्थ क्याम्पस सञ्चालक समितिका अध्यक्ष हिराप्रसाद श्रेष्ठले सामूदायिक क्याम्पसको संरक्षण गरी विकास गर्नुपर्ने बताउनु भयो । उहाँले क्याम्पस चलाउनका लागि जग्गाको अभाव भएकाले बुटवल उपमहानगरापालिका र राजनीतिक दलसंग जग्गाको माग गरिएको बताउनु भयो ।

गुणस्तर सुनिश्चितताको प्रमाण पत्र प्राप्त गरेको खुशीयालीमा क्याम्पसले बिहीबार बुटवलमा ¥यालीसमेत निकालेको थियो भन्ने शुक्रवार क्याम्पसमा विशेष कार्यक्रम समेत आयोजना गरी मनाएको छ ।

प्रतिक्रिया दिनुहोस्