आयुषमानको सानो मन शुरू



अभिनेता आयुषमान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केले जोडी बाँध्न लागेको फिल्म सानो मनको शुभ मुहूर्त गरिएको छ। राजधानी कमलादीस्थित गणेशस्थान मन्दिरमा आयोजित एक समारोहबीच सानो मनको मुहूर्त गरिएको हो।

मुहूर्तसँगै फिल्मको छायांकन पनि शुरू भएको छ। काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन गरिने फिल्मको हङकङ निवासी सुयोग गुरुङले निर्देशन गर्दै छन्। म्युजिकल लभस्टोरी जनरामा निर्माण हुने फिल्ममा आयुषमान र शिल्पा प्रमुख भूमिकामा छन्।

ओपीजी फिल्म्स् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा योगेश गुरुङ, राजीव श्रेष्ठ र राजेन्द्र मानन्धरले निर्माण गर्ने फिल्ममा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङ्देल, रश्मी भट्टलगायतका कलाकार पनि प्रमुख भूमिकामा छन्। फिल्ममा समीर सुनवार र निर्देशक गुरुङको लेखन, सुयोग सोताङको संगीत, साजन सिंहको कोरियोग्राफी र आलोक शुक्लाको छायांकन रहनेछ। कोरियोग्राफर सिंह बलिउड सुपरस्टार सलमान खानका पर्सनल ट्रेनर हुन्।

प्रतिक्रिया दिनुहोस्