दक्षिण एसियाली महिला सम्मेलन शुरु



काठमाडौ । आज बाट सुरु भएकको दक्षिण एसियाली महिला हरुको क्षेत्रीय सम्मेलनको कार्यवाहक प्रधानमन्त्री इश्वर पोख्रेलले उद्धघाटन गर्नुभएको छ ।
दक्षिण एसियाका आठै देशका महिला अधिकार कर्मीहरुको सहभागीता रहेको दुईदिने कार्यशाला गोष्ठीको उद्धघाटन गर्दै कार्यवाहक प्रधाानमन्त्रीले नेपालको संबिधान र कानुनले गरेको व्यवस्थाको कारणले पछिल्लो समय महिलाको राजनीतिक र नीतिनिर्माणको क्षेत्रमा उपस्थिती गौरबगर्न लायक रहेको बताउनु भयो ।
यसै बर्ष नेपालमा सम्पन्न भएका निर्बाचनहरु समावेशी र लैंगीक समानताका हिसाबले इतिहासकै ठुलो राजनीतिक सफलता भएको भन्दै उहाँले नेपालमा महिलाहरुको समग्र क्षेत्रमा प्रतिनिधित्व बड्दै गएको र महिलाका मुद्दाहरु पनि शसक्त बनिरहेको अवस्थामा यस्ताखाले सम्मेलनले अझ उल्लेख्य रुपमा कार्य गर्न महिलाहरुलाई सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगकि सदस्य मोहना अन्सारीले सार्क क्षेत्रका धेरै मिल्दा जुल्दा समस्या रहेको र त्यसका निम्ती साझा समाधान खोज्न यो कार्यशालाले महत्वपुर्ण भुमिका निर्बाहा गर्ने बिश्वास व्यक्त गर्नुभयो । उहाँले अझैपनि सार्क क्षेत्रमा विद्यमान आप्रवासन, बालविवाहा,मानव बेचबिखन लगायतका समस्याहरु कसरि संयुक्त रुपमा न्यूनिकरण गर्न कदम कसरि चाल्न सकिन्छ भन्ने बिषयहमा छलफल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै अर्का अतिथी सार्कका माहासचिव अहमद हुसैनले महिला शसक्तिकरण सार्कको एजेण्डाको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले सार्क क्षेत्रममा महिलाहरुको राजनीतिक, सामाजीक तथा नितीनिर्माणक्षेत्रमा सहभागीता बड्दैजानु उल्लेखनिय र प्रशंसनिय रहेको बतायनुभयो ।
कार्यक्रममा बोल्दै युनिफिम साउथ एसियाकी पूर्वप्रमुख चाँदनी जोशीले यो सम्मेलन लैगीकताको यात्राको पुःर्नमिलन रहेको र दक्षिण एसियाली महिलाहरुले महिला हिंसा बिरुद्ध ठुलो आवाज निकाल्न एकबद्ध हुनुको बिकल्प नरहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै सम्मेलनको सह–आयोजक तथा राष्ट्रिय महिला आयोगकका सचिब अनिलकुमार ठाकुरले दक्षिण एसियाका राष्ट्रहरुले लैंगीक असमानताको समस्यासंग एकबद्ध भएर सामुहिक कार्य गर्नुपर्ने बताउनुभयो ।
यसैगरी सम्मेलनको आयोजक ‘संकल्प’की अध्यक्ष लिलि थापाले दक्षिण एसियामा लैगीक हिंसा संम्बन्धी धेरै मुद्दाहरु मिल्ने र केहि भने फरक फरक रुपमा रहेको हुँदा महिला हिंसाका घटना न्यूनिकरणमा सामुहिक प्रयास र अनुभब आदन प्रदान हुन जरुरि रहेको हुँदा सम्मेलनको आवश्यकतापरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्