काष्ठमण्डप पुनर्निर्माणमा प्रगति: असार मसान्तभित्र पहिलो तला सकिने



ईश्वरराज ढकाल, काठमाडौं । परम्परागत शैली ,प्रविधि र सामाग्रीको प्रयोग गरी पुनर्निर्माण शुरु गरेको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माण गर्न करिब १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्ने भएको छ ।

ती मध्य पहिलो चरणमा हालसम्म ८ सय १४ क्युफिट काठ ल्याइ सकिएको छ । नेपाल टिम्बर अफ कर्पोरेशनको सहयोगमा बर्दिवासबाट काठ ल्याइएको हो । समितिले करिब १५ प्रतिशत काठ पुनप्रयोग हुने जनाएको छ ।
सातौ शताब्दीमा निर्माण भएको काष्ठमण्डपको पुननिर्माण गर्न ठुलो र सानो आकारको गरी २ लाख थान माःअप्पा इट्टा लाग्ने अनुमान गरिएको छ ।

ठुलो आकारको ९० हजार र सानो आकारको १ लाख १० हजार थान इट्टा आवश्यक पर्ने समितिले जनाएको छ । २०७२ साल बैशाख १२ गतेको शक्तिशाली भुकम्पबाट ध्वस्त भएको काष्ठमण्डपको पुनर्निर्माण शुरु भएको करिब ३ महिनापछि काठमाडौंको पहिचान गराउने काष्ठमण्डपले आकार ग्रहण गरेको छ । काष्ठमण्डप पुननिर्माण समितिले कार्तिक २२ गतेदेखि पुनर्निर्माण शुरु गरेको हो ।

१७ हजार क्युफिट काठ,२ लाख थान इट्टा लाग्ने

कामपाको आर्थिक सहयोगमा निर्माण हुन लागेको काष्ठमण्डपको हालसम्म भएको प्रगतिबारे जानकारी गराउदै समितिका अध्यक्ष एवं प्रदेश सांसद राजेश शाक्यले तोकिएकै समयमा पुनर्निर्माण सम्पन्न हुने दाबी गर्नुभयो ।

उहाले काम थालेको तीन वर्षमा पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । कार्ययोजनाबारे जानकारी गराउदै अध्यक्ष शाक्यले भन्नुभयो–गएको मंसिर १५ गते मा इट्टा ल्यायौ इः लोह निर्माण सम्पन्न ग¥यौ,ं त्यस्तै पुस १५ मा ठुलो र सानो आकारको इट्टा ल्याएर काम सुचारु भएको छ ।

तीन तले काष्ठमण्डप अबको ४ दिन भित्र मुख्य चार थाम उठाउने र २०७६ साल असार भित्र पहिलोे तला सम्पन्न गर्ने योजना बनाएका छौ उहांले भन्नुभयो ।
स्थानीय जनताको सहभागितामा गठित ५५ सदस्यीय समितिले काष्ठमण्डप पुनर्निर्माणको काम शुरु गरेको हो ।

अब पुनर्निर्माण हुन लागेको काष्ठमण्डप ठुलो भुकम्प आउदापनि केही असर पर्दैन–अध्यक्ष शाक्यले भन्नुभयो । कामपाले दुई किस्ता गरी ५ करोड ५० लाख रुपिया उपलब्ध गराइसकेको छ । कामपाका मेयर विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनर्निर्माण गर्न आवश्यक पर्ने सबै रकम कामपाले वेहोर्नै स्पष्ट पार्नुभयो ।

उहाले भन्नुभयो– कुनै नेपालीले स्वतःस्फुर्त रुपमा सहयोग गर्ने घोषणा गरे त्यसलाई स्विकार गर्ने कुनै दातासंग पत्र काटेर रकम माग गर्दैनौ दातासंग हात थाप्दैनौ ।

देशको प्रतिकका रुपमा रहेको काष्ठमण्डप पुनर्निर्माण कार्य गर्दा काष्ठमण्डपको पुरातात्विक, ऐतिहासिक तथा प्राचिन महत्वलाई पूर्ववत रहने गरी नक्सा डिजाइन, ड्रइङ गरी पुरातत्व विभागबाट स्वीकृत भए बमोजिम पुननिर्माण भैरहेको समितिका सचिव गौतम डंगोलले जानकारी दिनुभयो ।
समितिले २०७५ बैशाख देखि हालसम्म गरेको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ ।

काष्ठमण्डप पुननिर्माण गर्न अघि वेलायतका दुरहाम विश्वविद्यालयका विशेषज्ञ टोलीले उत्खनन गरेको थियो । उत्खनन गर्दा भुकम्पले जगमा कुनै असर नगरेको प्रतिवेदन दिएको थियो । सोही प्रतिवेदनको आधारमा जग माथीबाट पुननिर्माणको काम शुरु गरिएको समितिका विज्ञ समुहका सदस्य एवं वास्तुकलाविद प्रा. शुदर्शनराज तिवारीले जानकारी दिनुभयो ।

वरिष्ठ संरचनाविद् प्रेमनाथ मास्केले भुकम्पको कारणले मात्र नभै उचित मर्मत संहारको अभावले काष्ठमण्डप भत्किएको जानकारी गराउदै अब बन्ने काष्ठमण्डप २०७२ सालको भन्दा ठुलो भुकम्प आउदा समेत कुनै असर नपर्ने बताउनुभयो । समितिले इतिहास झल्कने इट्टाको लागि कम्पनीलाई नै विषेश अनुरोध गरी इट्टा उत्पादन गर्न लगाएको जनाएको छ । समितिले हिजो बिहीबार हालसम्मको प्रगती र भावी योजनाको बारेमा जानकारी गराउन कार्यक्रम आयोजना गरेको थियो

प्रतिक्रिया दिनुहोस्