माइनस १० डिग्री जाडोमा खिचियो भिडियो



भीमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। उत्सव सुब्बा लामाको स्वरमा रहेको रनन रन्किने तोम्बा र छ्याङ बोलकोगीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
मनाङका रमणीय स्थलमा खिचिएको गीत तामाङ सेलो शैलीमा रहेको छ। मनाङको माइनस १० डिग्री चिसो तापक्रममा खिचिएको गीतलाई आफूहरूले निकै मिहेनत गरेकाले दर्शकले मन पराउनने विश्वास रहेको भीमफेदी गाइजका निर्मल लामाले बताए। भीमफेदी गाइज, निर्जली लामा र पासाङ तामाङ प्रस्तुत भिडियोमा तोम्बा र छ्याङको सेवनले हुने दुर्घटनालाई रमाइलो तबरले प्रस्तुत गरिएको छ। मनाङ घुम्न गएका युवाहरू छ्याङ खाएर लट्ठ भएपछि सबै सदस्यहरू लुटिएको भिडियोमा देखाइएको छ।

मीनसागर लामाको शब्द तथा उत्सव सुब्बा लामाको संगीतमा रहेको गीत म्युजिक भिडियोको सम्पादन तथा छायांकन पवन सुस्लिङले गरेका छन् भने गीतको कोरियोग्राफी निर्मल लामा स्वयंले गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्