मन्दिर छिर्ने महिला परिवारबाट परित्याग



नयाँदिल्ली,(एजेन्सी)
भारतको दक्षिणी राज्य केरलाको एउटा हिन्दु मन्दिरमा प्रतिवन्धको वावजुद पनि प्रवेश गरेर हिममत देखाउने एक भारतिय महिलाले बुधवार आफ्ना ेपरिवारले परित्याग गरेको सरकारी अधिकारीहरुले बताएका छन् ।

सावारिमाला मन्दिरमा प्रवेश गरेकै कारण आफ्नी सासुद्वारा वेस्सरी पिटिए यता १५ जनवरी देखि ३९ वर्षिया कानाकादुर्गा अस्पतालमा रहेकी छिन् । रजश्वलाको उमेरका अर्थात १० देखि ५० वर्ष उमेरका महिलाहरुलाई परम्पराग रुपमा सो मन्दिरको प्रवेशमा रोक लगाउँदै आएको थियो ।

गत वर्षको सेप्टेम्वरमा मात्र भारतको सवोच्च अदालतले सो परम्परा विरुद्ध फैसला सुनाएको थियो । फलत हजारौं पुरातनवादी हिन्दुहरुले व्यापक विरोध प्रदर्शन गरेका थिए । अदालतको त्यो ऐतिहासिक निर्णयपछि थुप्रै महिलाहरुले मनिदरमा प्रवेश गर्ने प्रयास गरेका थिए ।

तर आक्रोसित भिडले तिनीहरुलाई पटक पटक रोक्दै आएके थियो । तर गत २ जनवरीमा विन्दु आमिनी नामक अर्की महिलासंगै कानाकादुर्गा सो मन्दिरमा प्रवेश गर्न सफल भएकी थिइन् ।

सामाजिक अभियन्ता थान्काचान भिथायातिलले विविसि हिन्दीका पत्रकार इमरान कुरेसीलाई लाई बताएका छन्, ‘ सोमवार साँझ अस्पतलाबाट कानाकादुर्गा घर फर्किद्या घरमा ताल्चा लगाइएको थियो । उनका पति र दुईछोरा लगायत परिवारको कुनै पनि सदस्य त्यहाँ थिएनन् । प्रहरीको सहयोगमा उनलाई एउटा सरकारी आवासमा बस्ने व्यवस्था मिलाइएको छ ।

सोधपुछका लागि प्रहरी चौकीमा ल्याइएका उनका पति कृष्णान उननीले आफले उनलाई घरमा राख्न नचाहेको बताएका थिए । प्रहरीले भने अब उनकी सासु विरुद्ध घरेलु महिला हिंसाको अभियोगमा मुद्धा चलाइने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्