डाभोस सम्मेलनमा किर्तिमान निजी जेटको प्रयोग



डाभोस (एजेन्सी)
स्विजरल्यान्डको डाभोसमा भेलाभइरहेका विश्व भरिका नेता, उद्योगपति तथा अर्थविदहरु जलवायु परिवर्तनलाई लिएर पहिलाको भन्दा धेरै चिन्तित देखिएका छन् । तर कयौं सहभागीहरु निजि विमानबाट त्यहाँ पुगि रहेका छन् । यस पटकको सम्मेलनमा प्रयोग भएका निजि विमान संख्याले किर्तिमान कायम गरेको बताइएको छ ।

एयर चार्टर सर्विस (एसीएस)का अनुसार सप्ताहमा स्विस आल्प्सको डाभोस नजिकको विमानस्थलमा करिब १ हजार ५ सय निजि विमान अवतरण भएका छन् । कुनै ब्यावसायिक उडानको सत्ता यहाँ आउने प्रतिनिधिहरु निजि जेटलाई आरमदायी उडान मानिरहेका छन् । गत बर्ष डब्ल्युइएफमा १ हजार ३ सय भन्दा बढी विमान यहाँ पुगेका थिए । प्राइभेटप्mलाई डटकम वेबसाइटले आफनो ब्लगपोस्टमा यो हप्ता डाभोसमा करिब २ हजार विमान अवतरण हुने र उडान भर्ने लेखेका छन् । ज्युरिखको विमानस्थलमा अवतरण गरेका प्रतिनिधिहरु गाडी वा ट्र्ेनबाट तीन घण्टाको यात्रा गरि डाभोस पुगे ।

केही प्रमुख कार्यकारी अधिकारी तथा नेताहरु समय बचाउन हेलिकप्टरको प्रयोग गरेका छन्। एसीएसको निजी जेट निर्देक एन्डी क्रिस्टीले डोभोसमा यो हप्ता निजी जेट विमानको माग सुपर बाउ अर्थात च्याम्पियन्स लिगको फाइनल भन्दा धेरै भएको बताए । उनीहरुलाई हंगकंग भारत र अमेरिकाबाट बुकिंग प्राप्त भएको बताए । विश्व आर्थिक मन्च (डब्ल्युईएप)का आयोजकहरुले उक्त बार्षिक मन्चलाई पर्यावरणको दृष्टिले टिकाउ बनाउने प्रयास भइरहेको बताए । आयोजकका अनुसार धेरैजसो निजी जेटमा सरकारका अधिकारीहरु आइरहेका छन् । भियना सन्धिमा यस प्रकारका आयोजनामा सहभागीहरुलाई ल्याउन सबैभन्दा प्रभावकारी र सुरक्षित तरिका विमान हो ।

प्रतिक्रिया दिनुहोस्