अष्ट्रेलियाली लेखक चीनमा वेपत्ता



सिडनी,(एजेन्सी)
अष्ट्रेलियाली सरकारले बुधवार चीनमा चिनिया – अष्ट्रेलियाली लेखक हराइरहेकाबारे आफुले छानविन गरिरहेको जनाएको छ । पुर्व चिनिया कुटनीतिज्ञ तथा ब्लगर यांग हेंग्जुन गत शनिवार अमेरिकाको न्युयोर्कबाट चीनको ग्वाँगझोउ तर्फ गए यता सम्पर्कविहिन भएको उनका एकजना मित्रले बताएका छन् ।

सिडनीका प्राज्ञ फेंग चोंग्यीले आफुलाई आफ्नो मित्र यांगलाई चीन सरकारले हिरासतमा लिएको आशंका लागेको संचार माध्यमलाई बताएका छन् । तर चिनिया विदेश मनलयका महिला प्रवक्ताले भने याँगको विषयमा आफुलाई केहि पनि जानकारी नभएको स्पष्ट पारेकीछिन् ।

यांग चिनिया नागरिक रहेकी आफ्नी पत्नी युयान रुइ जुआन र कलिलो उमेरका सौतेनी छोरोसंग चीन यात्रामा रहेको विश्वास गरिएको छ । अष्ट्रेलियाली संचार माध्यमले युआनले सामाजिक संजालमा पोस्ट गरेको तस्वीर हेर्दा उनी चीनको राजधानी बेइजिंगमा रहेको जस्तो देखिएको जनाएको छ ।

यसैगरी बेइजिंग स्थित विविसिका पत्रकार स्टेफन म्याकडोनेलले आफ्नो छोरोलाई नातेदारहरुका छोड्न पहिलो पटक सााघाइ भ्रमणमा रहेकी उनलाई चिनिया अधिकारीहरुले त्यहाँ सोधपुछ गरेको देखिएको बताएका छन् । चीनको कम्युनिस्ट पार्टीका कटर आलोचक मानिने अष्ट्रेलियाली नागरिकता बोकेका याँग भने अमेरिकामा वसोवास गर्दै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्