महाकालीमा निर्माणाधिन पक्की पुलको निर्माण तीव्र



dxfsfnLdf k’n lgdf{0fsf] sfd tLj| s~rgk’/sf] eLdbQ gu/kflnsf–!@ cf]bfnLl:yt dxfsfnL gbLdf rf/ n]gsf] kSsL k’n lgdf{0f ul/Fb} . k’n lgdf{0fsf nflu xfn} O6nLaf6 ? cf7 s/f]8sf] xfO8«f]lns kfOn l/u d]lzg lgdf{0f:yndf NofOk’Â¥ofOPsf] 5 . pQm d]lzg NofOP;Fu} k’n lgdf{0fsf] sfdn] ult lnPsf] xf] . t:jL/ M z]/axfb’/ l;+x, eLdbQgu/, /f;;

नेपाल समाचारपत्र, महेन्द्रनगर
पश्चिमी सिमा नाका महाकाली नदीमा निर्माणाधिन चार लेनको पक्की पुलको निर्माण कार्यले तिव्रता पाएको छ । ३ अर्ब २७ करोडको लागतमा महाकाली नदीमाथि निर्माण भइरहेको पक्की पुल निर्माणको कार्य तिव्र गतिमा भइरहेको छ ।

पुल निर्माणको जिम्मा पाएको कुमार सीएफसी जेभीले निर्माणको कार्य तिव्र गतिमा भइरहेको जनाएको छ । निर्माण कम्पनीका इन्जिनियर किशोर पाण्डेयका अनुसार हाल पुलमा पाइलिङ कार्य जारी रहेको छ । इटलीबाट ८ करोडको लागतमा ल्याइएको ‘हाइड्रोलिक पाइल रिग’ मेशिनले पाइलिङ गर्ने कार्य चलिरहेको हो ।

कञ्चनपुरको महाकाली नगरपालिकाबाट भीमदत्त नगरपालिकाको भुजेला क्षेत्र जोड्ने गरेर निर्माण भइरहेको चार लेनको पक्की पुलसँग जोडिने शाखा पुलको पाइलिङ कार्य भइरहेको इन्जिनियर किशोर पाण्डेयले बताए । उनका अनुसार पुलसंग जोडिने शाखा पुलमा ४ सय ८ वटा पाइलिङ गर्नुपर्ने हो । जसमा मुख्य पुल निर्माणस्थलमा ३६ वटा पाइलिङ गत आर्थिक वर्षमा नै सकिएको निर्माण कम्पनीको दाबी छ ।

यस्तै निर्माण कम्पनीले निर्माण सामग्री जडानदेखि कच्चा पदार्थ संकलन गर्ने कार्य तीव्र रुपमा भइरहेको जनाएको छ । निर्माणस्थल छेउमा क्रसर जडान, कामदारका लागि आवास, कार्यालय स्थापनासँगै बालुवा, ढुंगा र गिट्टी संकलन गरिएको छ ।

गड्डाचौकीदेखि मुख्य पुलमा आवतजावतका लागि निर्माण गर्नुपर्ने अन्य ८ वटा शाखा पुल निर्माण गर्नुपर्ने छ । पुल निर्माणसँगै गड्डाचौकीसम्म पुग्ने सडक निर्माणका लागि समेत आवश्यक काम अघि बढेको छ । यस्तै नदीको दोधारा–चाँदनीतर्फ तीनवटा स्पर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।
सुदूरपश्चिम प्रदेशको व्यापारिक प्रयोजनको लागि महत्वपूर्ण रुपमा हेरिएको महाकाली पुल निर्माण भएपछि कञ्चनपुरसहित समग्र सुदूरपश्चिम प्रदेशले अर्थतन्त्रमा ठूलो फड्को मार्ने यहाँका उद्योगी, व्यवसायीहरुको विश्वास छ । महाकाली पुलबाट भारतको राजधानी नयाँ दिल्ली नजिक पर्ने भएकाले सिधा सम्पर्क रहँने हँुदा उद्योगी व्यवसायीहरुले पक्की पुललाई महत्वका साथ हेरेका छन् ।

पुल बनेपछि कञ्चनपुरसहित सम्रग सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रले काँचुली फेर्ने कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्लले विश्वास व्यक्त गरे । ‘पुल बनेपछि सुदूरपश्चिममा उद्योगधन्दा र व्यापार व्यवसाय फस्टाउँछ,’ उनले भने, ‘महाकाली पुलबाट भारतका औद्योगिक क्षेत्रमा छोटो दुरीमै पुगिने भएकाले सुदूरपश्चिमको बजारमा सस्तोमै वस्तु पुग्ने छ ।’
यस्तै शारदा ब्यारेजको साँघुरो पुलबाट भारततर्फ आवतजावत गर्दै आएका सुदूरपश्चिमका बासिन्दालाई ८ सय मिटर लम्बाइ र २३ दशमलव ८ मिटर चौडाइ रहेको उक्त पुल निर्माणपछि सहज हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्