छ महिनामा के–के ग¥यो काउन्सिलले ?



नेपाल समाचारपत्र, काठमाडौँ ।
प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७५÷०७६ को सुरु महिना साउनदेखि पुस मसान्तसम्म सम्पादन भएका मुख्य–मुख्य कार्य–प्रगति विवरण सार्वजनिक गरेको छ ।

काउन्सिलका सहप्रशासकीय अधिकृत समेत रहनुभएका सूचना अधिकारी दीपक खनालले बुधबार प्रेस विज्ञप्तिमार्फत् उक्त विवरण सार्वजनिक गर्नुभएको हो ।

प्रेस विज्ञप्तिमा जनाइएअनुसार यस अवधिमा काउन्सिलले आव २०७२÷०७३ र ०७३÷०७४ को पत्रपत्रिका वर्गीकरण कार्य गर्नुका साथै रामेछाप, अर्घाखाँची, सर्लाही, गुल्मी, काभ्रे, नुवाकोट, बाग्लुङ, सुर्खेतमा आचारसंहिता जागरण र नुवाकोट, पर्सा, काठमाडौंमा पत्रकार आचारसंहिता डिजिटल संवाद कार्यक्रम आयोजना गरेको छ ।

यस्तै विद्युतीय माध्यममा परेका ६० वटा उजुरीमध्ये ४२ वटा फछ्यौट भएको, १८ वटा प्रक्रियामा रहेको, काउन्सिलको स्वअनुगमनका क्रममा २१० वटा सामग्री आचारसंहिता प्रतिकूल देखिएकोमा ५० वटा सञ्चारमाध्यमलाई सचेत गराइएको र छापामाध्यममा परेका ३२ वटा उजुरीमध्ये २३ वटा फछ्र्याैट भएको छ भने ९ वटाउपर कारबाही प्रक्रिया चलिरहेको उल्लेख छ ।

स्वास्थ्योपचार स्वरुप पत्रकारलाई सहयोग गर्दै आएको काउन्सिलले यसअवधिमा पत्रकार कल्याण कोषबाट २१ जना पत्रकारलाई दुई लाख १७ हजार रुपियाँ सहायता गरेको छ ।

यस्तै मिडिया विकास कोषबाट ९ वटा सञ्चारमाध्यमलाई चार लाख तीस हजार ३८ रुपियाँ सहयोग गरिएको छ भने सञ्चार सामग्री खरिदमा १÷१ जना पत्रकारलाई ३५ हजार र शोधपत्र लेखनका लागि १ जना पत्रकारलाई २५ हजार रुपियाँ उपलव्ध गराइको छ ।

काउन्सिलमा अहिलेसम्म १ हजार ५ सय ३४ वटा अनलाइन सूचीकरण भएकोमा गत साउनदेखि पुस मसान्तसम्म ३०६ वटा अनलाइन मिडियाले सूचीकरणका लागि निवेदन दिएका छन् ।

तालिम गोष्ठी पनि गर्दै आएको काउन्सिलले गत पुसमा प्रदेश नं २ स्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ भने चीन, भारतको जम्मु र कास्मीरका पत्रकारसँग पत्रकारिताको विषयमा छलफल भएको जनाएको छ ।

यस्तै म्यानमार र श्रीलंकाको प्रेस काउन्सिलको अध्यक्षसहितको टोली नेपाल भ्रमण आई दुई देशको पत्रकारिता र आचारसंहिता, साहित्यकारसँग साहित्यिक पत्रपत्रिका वर्गीकरण र विभिन्न भाषा पत्रकारसँग भाषिक पत्रकारिता विषयमा छलफल भएको उल्लेख गरिएको छ ।

सूचना प्रविधि÷अभिलेख÷आचारसंहिता अनुगमन (विद्यूतीय) र अनुगमन (छापा) शाखाका संयोजक समेत रहेका सहप्रशासकीय अधिकृत खनालले डिजिटल लाइवे्ररीका लागि कार्य प्रारम्भ भएको जनाउँदै आचारसंहिता अनुगमन र उजुरी सुनुवाई नियमित रूपमा भइरहेको जानकारी दिनुभएको छ ।
यसबीचमा काउन्सिलले आफ्नो ४३ औँ वार्षिक प्रतिवेदन, त्रैमासिक संहिता जर्नल ३८ र ३९ अंक, अंग्रेजी प्रकाशन मिडिया एण्ड इथिक्स प्रकाशन गरेको छ ।

विज्ञप्तिमा उहाँले लेख्नुभएको छ–‘यसबीचमा विभिन्न व्यक्तिलाई अनलाइन सूचीकरण, अनलाइन उजुरी प्रणाली र कारबाही प्रक्रिया, मिडिया वर्गीकरण र दर्ता, लोकल्याणकारी विज्ञापनको भुक्तानी, स्वतन्त्र पत्रकारको प्रेस पास, आदि जस्ता विषयमा मौखिक, लिखित रूपमा सूचना÷जानकारी उपलव्ध गराइनुका साथै कलाकार, खेलाडी र लेखक गरी २० जनालाई पत्रपत्रिकाको श्रेणी अभिलेख र ४३८ जनालाई वर्गीकरण प्रमाणपत्र प्रदान गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्