सिटिजन्स बैंकलाई ‘साफ’ बेस्ट अवार्ड’



काठमाडौं(नेस)
सिटिजन्स बैंक साउथ एसियन फेडरेसन अफ अकाउन्टेन्टेन्स ‘साफ’को ‘‘साफ’ बेस्ट प्रेजेन्टेड एनिवल रिपोर्ट अवार्ड’ बाट पुरस्कृत भएको छ ।

साफले हरेक वर्ष दक्षिण एसियामा प्रकाशित वार्षिक प्रतिवेदनको मूल्यांकन गरी विभिन्न विधामा पुरस्कार वितरण गर्दै आएको छ।बैंकका अनुसार यो पुरस्कार वार्षिक लेखा प्रतिवेदनमा समावेश भएका उद्देश्य, जोखिम व्यवस्थापन, लेखा सम्बन्धि टिप्पणी, पारदर्शिता, जवाबदेहीता, संस्थागत सुशाशनमा उत्कृष्ट छनौट भएको वार्षिक प्रतिवेदनलाई दिने पुरस्कार हो।

बैंकका देशभर ८१ शाखा, ७५ एटिएम। र ९९ शाखा रहित बैंकिङ एकाई छन्।

प्रतिक्रिया दिनुहोस्