आयात प्रतिस्थापन नगरेसम्म देश समृद्ध बन्न सक्दैनः मुख्यमन्त्री पौडेल



चितवन, (नेस)
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आयात प्रतिस्थापन अन्त्य नगरेसम्म देशलाई समृद्ध बनाउन सक्ने बताउनु भएको छ । पूर्वी चितवनको खैरहनी–५ गौचरनमा भएको छैठौं खिचरा महोत्सव २०७५ को समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले नेपालमा निर्यातभन्दा आयात बढी भएकाले यसलाई रोक्न आवश्यक रहेको बताउनुभयो ।

उहा“ले कृषि प्रधान देशमा खाद्यान्न आयात गर्नुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको भन्दै यो देशकै लागि ठूलो चुनौती भएको बताउनुभयो । उहा“ले खेतबारीलाई बाझो रहन नदिन आफंैले काम गरेर आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । आयातलाई निम्ट्यान्न पारेर आत्मनिर्भर नबनेसम्म देशलाई समृद्ध बनाउन नसकिने मुख्यमन्त्री पौडेलको भनाइ थियो ।

यस्तै मुख्यमन्त्री पौडेलले खिचरा महोत्सव पहिचानको मात्रै महोत्सव नभएको भन्दै यसलाई समृद्ध बनाउनेतर्फ अघि बढाउन पनि कोशेढुंगा सावित हुने बताउनुभयो । खिचरा महोत्सवमा हुने स्थानीय उत्पादनको प्रदर्शनीले आर्थिक कारोबार बढाउनुको साथै प्रवद्र्धन गर्न पनि महत्वपूर्ण हुने बताउनुभयो । उहा“ले आफ्नो संस्कृति संरक्षणमा थारु समुदाय आफंै लाग्नुपर्ने भन्दै चितवनमा थारु संग्राहलय निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा बोल्दै महोत्सव आयोजक थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ का अध्यक्ष चुडामणि चौधरीले थारु समुदायको महान् पर्व खिचरा (माघी)को अवसरमा गरिएको यो महोत्सव पहिचानसंग जोडिएकोले थारु संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो । उहा“ले आगामी वर्ष महोत्सवलाई अझै परस्कृत गर्दै लैजाने प्रतिबद्धता जनाउ“दै महोत्सव सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस्