उद्यमशीलता सम्मेलन हुँदै



काठमाडौ, (नेस)
देशभर औद्योगिक वातावरणको विकास एवम् उद्यमशीलताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आगामी फागुन २ गते राजधानीमा उद्यमशीलता सम्मेलन हुने भएको छ । अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपँर्ति मन्त्रालय एवम् नेपाल उद्योग परिसंघको आयोजनामा उद्यमशीलता सम्मेलन हुने भएको हो ।
उक्त सम्मेलनमा सातै प्रदेशसातै प्रदेशका उद्योगमन्त्री तथा उद्यशीलतामा अभिरुची राख्ने उद्योगी, व्यवसायी, सरकारी प्रतिनिधि, विज्ञ, विद्यार्थी करिब चारसय जना सहभागी हुने बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले जानकारी दिनुभयो ।

सम्मेलनपछि सातै प्रदेशमा प्रदेशस्तरीय सम्मेलन गर्ने योजना रहेको जानकारी दिँदै उहाँले त्यसका लागि प्रदेशमा के–के सम्भावना छ भनेर सबै प्रदेशका उद्योगमन्त्रीलाई भेला गर्न लागिएको बताउनुभयो । उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले सातै प्रदेशमा के सम्भावना छ भन्ने कुराको पहिचान नभएसम्म प्रदेशमा उद्यमशीलता विकास नहुने भएकाले सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले लगानी वृद्धि नगरी उत्पादन वृद्धि नहुने र उत्पादन वृद्धि नभए निर्यात पनि बढाउन नसकिने भएकाले युवा उद्यमीलाई व्यवसायमा सहभागी गराउनु जरुरी रहेको बताउनुभयो । धेरै ऐन उद्योगमैत्री बनाएर संशोधनको तयारीमा रहेको जानकारी दिँदै सिंहले त्यसपछि एउटा वातावरण तयार हुने उल्लेख गर्नुभयो । ‘नेपालमा पँँजी छैन भन्ने होइन, तर उद्यमशीलतामा लगानी गर्न अझै हिच्किचाहट छ’ महानिर्देशक सिंहले भन्नुभयो।

सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली, पँर्वप्रधानमन्त्री पृष्पकमल दाहाल, उद्योग वाणिज्य तथा आपँर्ति मन्त्री मात्रिकाप्रसाद यादव तथा अर्थमन्त्री डा. युवराज खतिवडाले समेत सम्बोधन गनुहुने छ ।

कार्यक्रममा पँर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, राष्ट्रिय योजना अयोगका पँर्वउपाध्यक्ष प्राडा गोविन्दराज पोखरेल, पँर्व स्वस्थ्य मन्त्री गगन थापा, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मीसहित, प्रदेश उद्योगमन्त्री, सफल उद्यमी, युवा उद्यमी र विज्ञबीचमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्