घातक रोगविरुद्धकोे बीमा सुरक्षा



काठमाडौं(नेस)
एशियन लाईफ इन्स्योरेन्स कम्पनीले क्यान्सर सहित १८ प्रकारका घातक रोगहरुविरुद्ध बीमा सुरक्षा प्रदान गर्नको लागी एशियन क्रिटिकल केयर पुरक करार सार्वजनिक गरेको छ । यो ऐच्छिक सुविधा (पुरक करार) बाट बीमितले क्यान्सर, हृदयघात, मस्तिष्क घात, किड्नी फेलियर, कोमा लगायतका १८ प्रकारका घातक रोग मध्ये कुनै पनि एक घातक रोग निरुपण भएमा उपचार खर्चवापत एकमुष्ठ रु. ५० लाखसम्म भुक्तानी पाउँछन् ।

मानव स्वास्थ्यमा कुनै गडबडीको कारण आइपर्ने गम्भीर रोगको उपचारमा जीवनभरीको पसिनाको कमाई निमेष भरमै स्वाहा हुनसक्छ । यस्तो गम्भीर रोगको उपचार खर्चको लागी “एशियन क्रिटिकल केयर (घातक रोग लागेमा थप सुविधा दिने बारेको पँरक करार)” ले बीमितलाई तनावबाट टाढा राख्नेछ । यो सुविधा मँल बीमालेखमा ऐच्छिक सुविधाको रुपमा समावेश गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्