नगद लुटपाट गरी फरार रहेका अभियुक्त पक्राउ



काठमाडौं,

विभिन्न व्यक्तिहरुलाई सस्तोमा मुल्यमा सुन दिने भनि उनीहरुसँग ५ लाख १० हजार रुपैयाँ लुटी फरार भएका ३ जना अभियुक्तलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं जोरपाटी डेरा गरी बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोक नगरपालिका–१४ खालेगाउँका ३८ वर्षीया विविमाया तामाङ, काठमाडौं नागार्जुन नगरपालिका–९ हसनटार बस्ने २९ वर्षीय चक्रे भन्ने यमबहादुर तामाङ र काठमाडौं चन्द्रागिरी नगरपालिका–५ थानकोट बस्ने २५ वर्षीय हिरा तामाङ रहेका छन् ।

गत मंसिर २० गते काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–१ घर भएका ३० वर्षीय प्रदिप कालीदासलाई बौद्धस्थित सुन पसलमा उनीहरुले ललाई फकाई १५र२० तोला सुन सस्तोमा दिने भनी काठमाडौं महानगरपालिका–१४ कलंकी बोलाई नैकापबाट उनी सँग भएको उक्त नगद लुटेर फरार भएका थिए ।

फरार व्यक्तिहरुको महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई काठमाडौं र सिन्धुपाल्चोकका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्