विभिन्न मागसहित राजधानीमा नेविसंघको प्रदर्शन



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विभिन्न माग राख्दै बुधबार काठमाडौंमा प्रदर्शन गरेका छन् । कांग्रेस नेताहरुको नाममा स्थापित अस्पताललाई केन्द्र सरकार मातहत राख्नुपर्ने, निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही हुनुपर्ने लगायतका माग गर्दै नेविसंघले प्रदर्शन गरेको हो । काठमाडौंस्थित माइतीघरमा विभिन्न समूह जम्मा भई बानेश्वर पुगेर सभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्