भोलिदेखि ३ दिनसम्म रक्तदान



काठमाडौं, (नेस) । काठमाडौ सक्रिय यूवा समूहले भोलिदेखि ३ दिनसम्म रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

समूहका अध्यक्ष विजयरत्न खड्गेले टुँडिखेलमा दिउँसो सधैं साढे ११ बजेदेखि ३ बजेसम्म रक्तदान गरिने बताउनुभएको छ । खड्गी महोत्सवको अवसरमा आयोजना गरिएको रक्तदानमा सहभागी भएर पुण्य कमाउन आयोजकले अनुरोध गरेको छ । महोत्सव पनि ३ दिनसम्म नै चल्ने छ ।

‘हामी सामाजिक क्षेत्रका विभिन्न कार्यक्रम गर्दै आएका छौं, यसपालि रक्तदानलाई नै वृहत रुपमा आयोजना गरेका हौं’ अध्यक्ष खड्गेले भने ‘ अहिले जताततै रगतको अभाव भएको सुनिएको छ त्यसैले थोरै भएपनि मानव कल्याणको काम गर्ने योजना हो ।’

प्रतिक्रिया दिनुहोस्