शिवम् सिमेन्टको ‘लक्ष्मी हातमा देवदर्शन शिवम्को साथमा’ योजना



काठमाडौं । शिवम् सिमेन्ट उद्योगले सञ्चालन गरेको उपभोक्ता योजना ‘लक्ष्मी हातमा देवदर्शन शिवम्को साथमा’अन्तर्गत हेलिकोप्टरबाट गोसाइँकुण्ड भ्रमण गर्ने दोस्रो चरणका १२० जना उपभोक्ता छानिएका छन् ।

योजनाअन्तर्गत हेलिकोप्टरमार्फत काठमाडौं–गोसाइँकुण्ड–काठमाडौं यात्राका लागि कम्पनीले हेटौँडामा कार्यक्रम गरी दोस्रो चरणका भाग्यशाली उपभोक्ता छानेको हो । यसअघि कम्पनीले काठमाडांैमा पत्रकार सम्मेलन गरी लक्की–ड्रमार्फत पहिलो चरणका १२० जना छनोट गरेको थियो । कम्पनीले ६० वटा भाग्यशाली कुपनमार्फत छानिने उपभोक्ताले एकजना साथीसहित १ सय २० जना गोसाइँकुण्ड भ्रमणमा जाने कम्पनीले जनाएको छ ।

कम्पनीले पुस ५ गतेदेखि प्रत्येका १० बोराको खरिदमा स्क्र्याच कुपन प्रदान गर्दै आएको छ । जसमा हात खाली नहुने उपहारअन्तर्गत सयदेखि १ हजार रुपैयाँसम्म नगद तथा २.५ ग्रामदेखि १० ग्रामसम्मको सुन उपहारमा दिँदै आएको छ । स्क्र्याच गरिएको कुपनको अर्धकट्टीमा नाम, नम्बर र ठेगाना लेखी गोसाइँकुण्ड हेलिकोप्टर यात्राको भाग्यशाली लक्की ड्रमा समावेश हुन मिल्ने योजना ल्याएको हो ।

कम्पनीले उक्त अभियानमा ३ सय ६२ जनालाई गोसाइँकुण्ड पु¥याउने योजना बनाएको छ । दुई चरणमा गरी २ सय ४० जना छानिएको र अब १ सय २२ जना छानिने कम्पनीले जनाएको छ ।

सन् २००९ मा हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन गरी बिक्री गर्दै आएको छ । कम्पनीले आफैँले सञ्चालन गरेको चुनढुंगा खानीबाट उच्च गुणस्तरको क्लिंकर निकाली प्रयोग गर्ने गरेको जनाएको छ ।

कम्पनीले आप्mनो उत्पादन काठमाडौं चक्रपथ विस्तार परियोजना, नेपाली सेनाको सिभिल तथा भेट्रान्स अस्पताल भवन निर्माण, विभिन्न हाइड्रोपावर, पुल एवं टनेल निर्माणका विभिन्न आयोजनामा प्रयोग भएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्