अपाङ्गता परिचयपत्र वितरण



धनवीर दाहाल,रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले पहिलोपटक अपाङ्गता परिचयपत्र वितरण शुरु गरेको छ । साविकको महिला तथा बालवालिका कार्यालय खारेज भइ स्थानीय तहलाई उक्त अधिकार प्राप्त भएपछि नगरपालिकाले पहिलोपटक अपाङ्गता परिचयपत्र वितरण कार्य शुरु गरेको हो ।

नगरप्रमुख देवीलाल गौतमका अनुसार नगरपालिकाले निर्माण गरेको कार्यविधि अनुरुप नै अपाङ्गता परियपत्र वितरण कार्य शुरु गरिएको बताईएको छ ।
वितरण कार्य शुरु भएसंगै नगरपालिकाभित्रका ३१ जना अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र दिईएको गौतमले बताउनुभयो ।

जसअन्र्तगत १२ महिला र १९ पुुरुषलाई विभिन्न वर्गको अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । नगरपालिकाले पहिलोपटक (क) बर्गको २, (ख) बर्गको ८, (ग) बर्गको १७ र (घ) बर्गको ४ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । नगरपालिकाले अबदेखी कार्यालयबाट हरेक महीनाको ६ गते अपाङ्गता परिचयपत्र समेत बितरण गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्