मल्पीलाई नामी कप



नेपाल समाचारपत्र, काठमाडौं
मल्पी ‘बी’ ले नामी कप थ्री बाइ थ्री अन्तर ए लेभल छात्र बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ। जोरपाटीमा भएको फाइनलमा मल्पी ‘बी’ ले आयोजक नामी ‘ए’ लाई १६–८ ले पराजित ग¥यो। मल्पी ‘बी’ का टासी फुन्सोक शेर्पा र केनोर दोर्जे नेपालीले समान ७–७ तथा अनन्य भट्टराईले २ अंक जोडे। केनोर ‘मोस्ट भेलुएबल प्लेयर’ पनि घोषित भए।
त्यसअघि मंगलबारै भएको सेमिफाइनलमा मल्पी ‘बी’ ले आफ्नै ‘ए’ टिमलाई १२–४ तथा नामी ‘ए’ ले ब्रिटिस मोडेल कलेजलाई १८–१३ ले हराउदै उपाधि भिडन्त पक्का गरेका थिए।विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, नामीका प्रमुख कार्यकारी अधिकृत पवन पोखरेल, नामीकी प्रिन्सिपल विदिशा चक्रवर्ती र ए लेभल को–ओर्डिनेटर यशोधरा प्रसाईंले एक कार्यक्रमबीच पुरस्कृत गरे।

प्रतिक्रिया दिनुहोस्