अग्र्यानिकको असन्तुष्टी



‘हैन, यो मुलुकमा प्रतिपक्षी पनि छ र’, ‘कांग्रेस खै कता हराएछ बत्ती नबाली नभेटिने भो’ –दुई तिहाइको दम्मले हो क्यार सत्तापक्ष नेताले प्रतिपक्षी कांग्रेसलाई बेलामौकामा यस्तै कटाक्ष गर्न भ्याउँछन्। त्यस्तै अनेकथरी शब्दबाण प्रहार हुँदा पनि मस्त निद्रामा रमाएको कांग्रेस बल्ल अहिले ब्युँझिएको छ।

हिजो–आज संसद्तर्फको गतिविधि नियाल्दा त्यस्तै देखिन्छ। कांग्रेसले दुवै सदन बिथोल्न थालेसी सत्तापक्षले प्रतिपक्षी खोज्न लालटिन बाल्नुप¥या छैन। संसद्को खेलो देखेर हो क्यार निकै लोलाइसकेका कांग्रेसका अग्र्यानिक कार्यकर्ता र फाट्टफुट्ट बाँकी रहेका शुभेच्छुकको चेहरा खुल्न थाल्या छ।

‘स्वाँठहरु बल्ल तात्या छन्, अरू बेलाचाहिँ कहाँ मुन्ट्यिा थिए, नारा जुलुस उनले गर्नै नहुनेजस्तो, अब फेरि २÷४ दिनमा कता हराउने हुन्’ –संसद्को गतिविधिलाई नजिकबाट नियालेका एक अग्र्यानिक शुभेच्छुक मंगलबार यस्तै भन्दै थिए। निकै असन्तुष्ट देखिएका उनी थप्दैथिए– ‘अब कुन दिन ओली र प्रचण्डले ललिपप ख्वाउँछन्, अनि त्यहीँ ललिपपमै रमाउने होला, नचिन्या नेता हुन् र ?’ उनको तर्क सुन्दा धरहरालाई पनि घत लाग्यो है पाठकवृन्द

प्रतिक्रिया दिनुहोस्