हिमरश्मिको विजयी शुरूआत



नेपाल समाचारपत्र, काठमाडौं
साबिक विजेता हिमरश्मि स्कुलले ओप्स खेलकुद महोत्सवअन्तर्गत फुटबलमा विजयी शुरूआत गरेका छन्।
मंगलबार भएको खेलमा पहिलो खेलमा हिमरश्मीले चिल्ड्रेन हेराल एकेडेमी (सीएचए) लाई २–० गोलले स्तब्ध बनायो। हिमरश्मिको जितमा उत्कृष्ट प्रदर्शन गरेका प्रशान्त मिर्जाले दुवै गोल गरेका थिए।

अर्गनाइजेसन अफ प्राइभेट स्कुल ९ओप्स० को आयोजनामा गोलढुंगा रंगशालामा भएको अन्य खेलमा फेरिल्यान्डले लालीगुराँस, न्युटनले पुष्पकुञ्ज, प्रगतिले ज्ञानमन्दिर तथा मनास्लुले मस्र्याङ्दीलाई समान १–० गोलले हराए। फेरिल्यान्डका पुरुषोत्तम थापा, न्युटनका रमन सिलवाल, प्रगतिका पियूष गुरुङ र मनास्लुका कौशलले उत्कृष्ट प्रदर्शन गदै एक मात्र निर्णायक गोल गरेका थिए। उद्घाटन खेलमा सृजना ज्ञानसागर र कौशल स्कुलले १–१ को बराबरी खेल्दा सृजनाका लागि नविन तामाङ तथा कौशलका लागि बिद्धन लामाले गोल गरेका थिए।
त्यस्तै एन्जल्सर्हाट र विभूति तथा सेब र मञ्जरीबीचको खेल भने गोलरहित बराबरीमा समाप्त भएको थियो। लिगकम नकआउटका आधारमा सञ्चालन भएको छात्र फुटबलमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। महोत्सब अन्तर्गत फुटबल माघ १३ सम्म चल्ने छ। ओप्स खेलकुद महोत्सव अन्तर्गत सृजना ज्ञानसागरको संयोजकत्वमा फुटबल, कौशल स्कुलले एथ्लेटिक्स, लालीगुराँसले बास्केटबल, एन्जल्सहार्टले ब्याडमिन्टन र सेब स्कुलले भलिबल खेल सञ्चालन गर्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्