आर्मी शीर्षस्थानमा



काठमाडौं, (नेस)
नेपाल आर्मी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताको शीर्षस्थानमा कायमै रहेको छ।
मंगलबार आर्मीले सेबलाई ३१–२९, २५–१९ र २५–२० को सोझो सेटमा हराउँदै ४ खेलबाट १२ अंक जोड्न सफल भएको हो।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा भएको खेलमा साबिक बिजेता एपीएपले दोहोरो जित निकाल्दै ३ खेलबाट ९ अंक बनाएको छ। पहिलो खेलमा एपीएफले सेबलाई २५–८, २५–१४ र २५–१८ को सोझो सेटमा हराउँदा दोस्रो खेलमा थाहा नगरपालिकलाई २५–७, २५–११ र २५–१२ को सोझो सेटमा पराजित ग¥यो। अर्को खेलमा पुलिसले श्रीगाउँ खेलकुद विकास समिति दाङलाई २५–८,२५–९ र २५–८ को सोझो सेटमा हराउँदै २ खेलबाट ६ अंक जोडेको छ। माघ १९ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ३ लाख ५० हजार पाउनेछ दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्नेछ। त्यस्तै तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौ हुनेले ४० हजार, छैठौं हुनेले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानी दर्शकले १–१ थान सुजुकी स्कुटर पाउनेछन्। त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ६–६ हजार नगद प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्