एक्सेल्सियर कप आजदेखि



काठमाडौं, (नेस)
द एक्सेल्सियर स्कुलको आयोजनामा सातौं एक्सेल्सियर कप बुधबारदेखि शुरु हुँदै छ।
एक्सेल्सियर कपमा फुटसल र बास्केटबलमा प्रतिस्पर्धा हुने एक्सेल्सियरका भाइस प्रिन्सिपल प्रशान्त रजकले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।
फुटसलमा यु–१२ र यु–१६ उमेरसमूहमा प्रतिस्पर्धा हुनेछ। फाइभ ए साइडको स्वरूपमा हुने दुवै उमेर समूहको फुटसलमा समान १६–१६ टिमको सहभागिता रहने छ। यु–१२ मा राजश्री गुरुकुल र यु–१६ मा माउन्ट ग्लोरी डिफेन्डिङ च्याम्पियन हुन्।

बास्केटबलतर्फ सिनियर ब्वाइजमा १२, जुनियर ब्वाइजमा १३ र गल्र्समा १२ टिमको सहभागिता रहनेछ। सिनियर ब्वाइजमा विल्सन एकेडेमी, जुनियर ब्वाइजमा सेब र गल्र्समा स्किब्स साविक विजेता हुन्। फुटसल र बास्केटबल दुवै लिग कम नकआउट आधारमा खेलाइने छ। माघ १७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु स्वयम्भूस्थित आयोजककै हातामा हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्