ओपोको भोक प्रविधिलाई अन्तर्राष्ट्रिय मान्यता



काठमाडौं, (नेस)
सेफ्टी अथोरिटी, टीयुभी ह्रायनल्यान्ड जर्मनीले ओपो इलेक्ट्रोनिक्सको स्वामित्वअन्तर्गतको ¥यापिड चार्ज प्रविधि, भोल्टेज ओपन लुप मल्टि–स्टेप कन्स्ट्याण्ट–करेण्ट चार्जिङ ९भोक०लाई मान्यता प्रदान (सर्टिफाइड) गरेको छ।

सेल्फी एक्स्पर्ट एन्ड लिडर ओपोले नेपालमा पनि भखर्रै सार्वजनिक ओपो एफनाइनमार्फत यो प्रविधि उपलब्ध गराइसकेको छ। हाल विश्वभर १० करोडभन्दा बढी स्मार्टफोनमा यो प्रविधिको प्रयोग भइसकेको छ। भोक प्राविधिकलाई प्रदान गरिएको यो सुरक्षा प्रमाणिकरण विभिन्न परीक्षणपश्चात प्रदान गरिएको हो। त्यस्तै दैनिक प्रयोगमा सुरक्षाको सुनिश्चितताका लागि ब्याट्री तथा चार्जिङ साइकलको महिनौको परीक्षण पनि गरिएको बताइएको छ। चार्जिङ शक्तिलाई बृहत् ५० वाट ९१०भी ५ए० सम्म पु¥याउने सुपर भोकलाई यस प्रमाणिकरणले सुरक्षित प्रमाणित गरिदिएको छ।

प्रमाणिकरण प्रक्रियाअन्तर्गत औद्योगिक आवश्यकता अधिक १ हजार ट्रायल परीक्षण, ६ सय स्वतन्त्र फास्ट चार्ज÷डिस्चार्ज ब्याट्री लाइफ परीक्षण र चार्जिङ टर्मिनल्समा १० हजार हट प्लग परीक्षण गरिएको जानकारी दिइएको छ। यी परीक्षण र नतिजाले मोबाइलको फास्ट चार्जिङ प्रविधि सुरक्षित र विश्वासिलो रहेको प्रमाणित गरेको छ।
सुपरभोक प्रविधिका साथमा स्मार्टफोनले मात्र १० मिनेटको अन्तरालमा फोनको ब्याट्रीलाई ४० प्रतिशतसम्म चार्ज गर्ने क्षमता पाउँछन्। सुपरभोक फ्ल्यास चार्जले ५ तहको सुरक्षा पनि प्रदान गर्छ। यसले फोन चार्जमा रहेको अवस्थामा सुरक्षाको सुनिश्चितता प्रदान गर्छ। यसमा रहेका विशेष चिप्सले चार्जिङ प्लग, यूएसबी केबल, मोबाइलफोन र ब्याट्रीलाई छुट्टा छुट्टै तहमा सुरक्षा प्रदान गर्छ। साथै, थप सुरक्षाको प्रत्याभूति प्रदान गर्ने सोचका साथअ ोपोले टीयूभी ह्रायनल्यान्ड ल्याबसंँग नजिकको सहकार्य गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्