८८ गाईभैंसीलाई सुत्केरी भत्ता



सिन्धुली, (नेस)
सिन्धुलीको कमलामाई नगरपालिकाले दुई महिनामा नगरक्षेत्रभित्रका ८८ वटा सुत्केरी पशुहरूलाई सुत्केरी भत्ता वितरण गरेको छ।
नगरपालिकाले गत मङ्सिर १ गतेदेखि नै कृषकबाट सुत्केरी पशुको भत्ता दिन निवेदन सङकलन गरेर आजसम्म ८८ वटा सुत्केरी पशुलाई सुत्केरी भत्ता वितरण गरेको हो।
मंसिर, पुष महिनामा संकलन भएका निवदेनका आधारमा ८८ वटा सुत्केरी पशुहरूलाई एक हजारका दरले ८८ हजार रूपियाँ सुत्केरी भत्ता वितरण गरेको नगरपालिकाले जनाएको छ।
८८ वटा सुत्केरी पशुमध्ये ४७ सुत्केरी गाई र ४१ वटा सुत्केरी भैंसीलाई सुत्केरी भत्ता वितरण गरिएको नगरपालिकाको पशु विकाश शाखा प्रमुख हरिहर लामिछानेले जानकारी दिनुभयो। उहाँका अनुसार पशु सुत्केरी भत्ता लिनेमा विशेष गरी नगरपालिकाको ४,५,६,७ र ११ वडाका किसानहरू रहेका छन्।

नगरक्षेत्रभित्रका कृषकले पालेको गाईभैंसी ब्याउँदा सुत्केरी भत्तास्वरूप एक हजार रूपियाँ भत्ता दिन थालिएको हो। नगरक्षेत्रभित्र सफा र स्वास्थ्य दुग्ध उत्पादन बढाउने उद्देश्यले सुत्केरी भएका गाईभंैसीलाई खाद्यान्न सहयोगका लागि एकपटक नगद एक हजार रुपियाँ भत्ता उपलब्ध गराउन थालिएको नगरपालिकाका पशु चिकित्सक हरिहर लामिछानेले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्