आदर्श मूल्य मान्यता र आचरणमा लाग्न पौडेलको आह्वान



यमलाल भुसाल, बुटवल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र लोकतान्त्रिक व्यवहार ,आचरण र कार्यशैलीमा परिवर्तन जरूरी रहेको बताउनुभयो।
उहाँले अब देउवा, पौडेल नभनी नेपाली कांग्रेसको आदर्श मूल्य मान्यता तथा निष्ठा र आचरणमा लाग्न कार्यक्रतालाई आ≈वान गर्नुभयो।
प्रजातान्त्रिक विचार समाज रूपन्देहीद्वारा मंगलवार बुटवलमा आयोजित लोकतान्त्रिक संस्कार र विचार विषयक प्रवचन कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले गुट उपगुटमा लागेर अब पार्टी र मुलुक नबन्ने ठोकुवा गर्नुभयो। उहाँले विचार र सिद्धान्तको आधारमा नेपाली कांग्रेसका नेताहरूले राजनीति गर्नुपर्नेमा जोड दिँदै सामदामले राजनीति गर्न नहुने जिकीरसमेत गर्नुभयो।
वरिष्ठ नेता पौडेलले पार्टी सभापति देउवालाई इंगित गर्दै आफ्नो कार्यकाल आफैं लम्ब्याउने होइन निर्धारित मितिमा पार्टीको १४औं महाधिवेशन गर्नुपर्नेमा जोड दिनुभयो।उहाँले संघ, प्रदेश र स्थानित तहको निर्वाचनमा नेपाली कांग्रेसको सिद्धान्तले जितेको तर संगठनले हारेको बताउँदै सिद्धान्त मूल्य मान्यता आदर्शलाई लत्याउँदा पार्टीको अहिलेको हालत भएको दाबी गर्नुभयो।
वरिष्ठ नेता पौडेलले भन्नुभयो– ‘आयोग कुन पार्टीको हो रु जुन प्रतिपक्ष दललाई बाइपास गरेर कर्मचारी नियुक्ति गरिन्छ, यसरी बहुमत प्राप्त कम्युनिस्ट सरकारले संवैधानिक परिषद्को अधिकारको धज्जी उडाउँदै आफ्ना मान्छे नियुक्त गर्नुले लोकतन्त्रको उपहास गरेको छ।’

पछिल्लो समयमा केही व्यक्तिका कारण राजनीतिक क्षेत्र नै फोहोरी हुन पुगेको भन्दै नेता पौडेलले अब राजनितिक दलहरूले यस क्षेत्रलाई सम्मानित क्षेत्र बनाउनुपर्नेमा जोड दिनुभयो। वर्तमान सरकार शान्ति सुरक्षा, सुशासन र विकासमा असफल सिद्ध भएको बताउँदै वरिष्ठ नेता पौडेलले सरकार अधिनायकवादतर्फ अघि बढेको आरोप लगाउनुभयो। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले कांगे्रसलाई आचरण, व्यवहार र संस्कारमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो। नेताहरू जनताको अभिभावक बन्न नसकेको उल्लेख गर्दै सीमा मिचिँदा पनि नेता बोल्न नसक्दा देश कमजोर भएको उहाँको कथन थियो।

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले राजनीतिमा बिचौलियाको संस्कारको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। देउवा,पौडेल मिलेर हँुदैन प्रद्दति र विधि मिल्नुपर्नेमा नेता पौडेलले आग्रह गर्नुभयो। अर्का युवा नेता देवराज चालिसेले नेपाली कांग्रेस स्वस्थ्य भए मुलुकमा परिवर्तन हुने भन्दै पद्दति अमेरिकाको लिने अभ्यास विहारको शैलीले गर्दा सम्मस्या भएको ठोकुवा गर्नुभयो।
समाजका केन्द्रीय अध्यक्ष केदार नरसिंह केसीले देउवा, पौडेल र सिटौलाले कांगे्रस चलाउन नसक्ने बताउँदै विचारबाट पार्टी चलाउनुपर्ने बताउनुभयो। समाजका अध्यक्ष रामराज पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोखरेल पार्टीका नेताहरू वीरबहादुर राना, अब्दुल रज्जाक, रमा अर्याल अष्ट भुजा पाठक, रामचन्द्र ढकाल, हरि लम्साल, खेलराज पाण्डे, डिल्ली नारायण पाण्डेलगायतले लोकतन्त्रको माउपार्टी नेपाली कांग्रेसमा लोकतान्त्रिक संस्कार जरूरी रहेका धारणा राख्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्