सैन्य खर्च व्यहोर्ने मुद्दामा मतभेद न्यूनीकरणको प्रयास



सोल, (एजेन्सी)
अमेरिकी सैनिकका लागि लाग्ने खर्च व्यहोर्ने विषयमा अमेरिकाबाट दक्षिण कोरियाको योगदानमा ५० प्रतिशतले वृद्धि गर्नुपर्ने माग आएपछि दुई देशबीच मतभेद न्यूनीकरण गर्ने प्रयास भइरहेको दक्षिण कोरियाका एक विधायकले बताएका छन्।

गत मार्चदेखि १०औं चरणको वार्तापछि पनि ती दुई सहयोगी गतवर्ष म्याद समाप्त भएको २०१४ को सहमतिलाई प्रतिस्थापन गर्ने सम्झौतामा पुग्न असफल भएका छन्। उक्त सम्झौताअनुसार २८ हजार ५ सय अमेरिकी सेनालाई दक्षिण कोरियामा राख्न सोलले वर्षको ८४ करोड ८० लाख अमेरिकी डलर तिर्नु पर्छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् १९५०–५३ को कोरियाली युद्धपछि अमेरिकी सेना स्थायीरूपमा तैनाथ रहेको दक्षिण कोरियालाई त्यसका लागि थप खर्च व्यहोर्नुपर्ने दोहो¥याउँदै आइरहेका छन्।

अमेरिकी सेनाले उसको सैन्य अखडामा कार्यरत कोरियाली कामदारलाई यदि मध्य अप्रिलसम्म सहमति हुँदैन भने उनीहरूले काम छोड्नुपर्ने चेतावनी दिएका छन्।
गत डिसेम्बरमा अमेरिकाले दक्षिण कोरियामाथि उसको हालको योगदानभन्दा करिब ढेढ गुणा बढी १४ खर्ब वन प्रतिवर्ष पु¥याउनुपर्ने ‘अप्रत्यासित, अस्वीकार्य’ माग गरेको सत्तारुढ दलका एक वरिष्ठ विधायक होङ योङ प्योले बताएका थिए।

विदेशमन्त्री काङ क्युङ ≈वाले विधायकहरूको एक समूहलाई सोमबार भएको वार्ताका विषयमा जानकारी गराएका थिए। वार्तामा हुने कुनै पनि सहमतिमा संसद्को अनुमादन आवश्यक हुन्छ।
‘वार्ता अवरुद्ध भएको छ।’ –होङले विधायकहरूसँगको बैठकमा बताएका थिए। अमेरिकाले अन्तिममा आएर आकस्मिक एक प्रस्ताव ल्याएको, जसलाई स्वीकार्न सोलका लागि कठिन हुने उनले बताए।

हाल दक्षिण कोरियाको योगदानले प्रशासनिक, प्राविधिक र अमेरिकी सेनाका लागि अन्य सेवा दिइरहेका ८ हजार ७ सय दक्षिण कोरियालीको तलबमा करिब ७० प्रतिशत पूर्ति गर्छ।

 

प्रतिक्रिया दिनुहोस्