आयुष्मान र प्रियंकाले खोले आयंका फाउन्डेसन



नायक नायिका जोडी आयुष्मान देशराज जोशी र प्रियंका कार्कीले आप्mनो नामबाट परोपकारी कामका लागि आयंका फाउन्डेसन स्थापना गरेका छन्।
जोडीले संस्थामार्फत सामाजिक काम गर्ने मनस्थितिले फाउन्डेसन स्थापना गरेका हुन्। मनोरञ्जन क्षेत्रबाट दर्शकको माया बटुल्न सफल जोडीले अब जनचेतनसँगै सामाजिक काममा पनि सक्रिय बन्न योजनाअनुसार फाउन्डेसन स्थापना गरेका हुन्। कलाकारको आवाज धेरैले सुन्ने र मनन गर्ने भएकाले त्यसको माध्यम बन्नका लागि आयंका फाउन्डेसनको स्थापना गरिएको आयुष्मान र प्रियंकाले जनाएका छन्।

आयुष्मानका अनुसार बालबालिकाको शिक्षामा विशेष जोड दिँदै असहाय, अनाथ र पीडितको घाउमा मल्हमपट्टी लगाउन फाउन्डेसनले सक्दो प्रयास गर्नेछ। यस्तो परोपकारी कामका लागि आप्mनो कमाइको १० प्रतिशत रकम छुट्याइने उनीहरूले प्रतिबद्धता गरेका छन्। विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूसँगको सहकार्यमा स्वास्थ्य, शिक्षा, सरसफाइ, महिनाबारी, बालविवाहलगायतका विविध विषयमा चेतना फैलाउन फाउन्डेसन अग्रसर रहने नायिका प्रियंका कार्कीले बताइन्। फाउन्डेसनको स्थापनासँगै टोल सफाइमा सक्रिय हुने उनीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्