फलामका बार हटाइयो



काठमाडौं, (नेस)
टुँडिखेल वरिपरि हुर्किएका बिरुवा छेकिएका र बिरुवा मरेका ठाउँमा भएका ट्रि गार्ड हटाइएका छन्। जुद्ध बारुण यन्त्र कार्यालयबाट खटिएका १० र वातावरण व्यवस्थापन विभागबाट खटिएका १० जना गरी गरी २० जनाको टोलीले लगातार ३ दिन लगाएर फलामका बार हटाएको हो। यस क्रममा पहिलो दिन ३५ वटा दोस्रो दिन ४४ र तेस्रो दिन ४६ वटा गरी १ सय २५ वटा बार निकालिएको बारुण यन्त्र कार्यालयका प्रमुख बद्रीमान नगरकोटीले जानकारी दिनुभयो।

कामपाले वायुसेवा निगम, वीर अस्पताल, रत्नपार्क, जमल, दरमागमारमार्गको मुख हुँदै त्रिचन्द्र क्याम्पस, भद्रकाली, शहीदगेट हुँदै पुनः सुन्धारासम्मका बार हटाइएका हुन्। यस क्षेत्रमा अब करिब १५ वटा साना बिरुवा छेकिएका बार मात्र बाँकी छन्। ट्रि गार्ड हटाइएका बिरुवालाई काँटछाट गर्ने रङ लगाएर आकर्षक बनाउने महानगरको योजना छ।

प्रतिक्रिया दिनुहोस्