निर्माण व्यवसायीको अध्यक्षमा मल्ल निर्वाचित



धनवीर दाहाल, रुकुम ।
निर्माण व्यवसायी संघ रुकुम पश्चिमको अध्यक्षमा समीरजंज मल्ल निर्बाचित हुनुभएको छ । मंगलबार मुसिकोटमा आयोजित सातौ अधिबेशनबाट मल्ल निर्बिरोध निर्बाचित हुनुभएको हो । सो संघको उपाध्यक्षमा परविर डाँगी, सचिव मनोज खड्का, सहसचिव मदन के.सी र कोषाध्यक्षमा चित्रबहादुर बुढाथोकी चयन हुनुभएको हो ।

यसै गरी सदस्यहरुमा समिर खडका, शसिराम खत्री, प्रज्ञा के.सी र धिरेन्द्रकुमार शाही चयन हुनुभएको सचिव मनोज खड्काले बताउनुभयो । मंगलबार भएको कार्यक्रममा निर्माण व्यवसायी संघका केन्द्रीय सदस्य सुरतजंग मल्लले निर्माण व्यवसायी भनेका राज्यका सहयोगी भएको बताउनुभयो ।

कार्यक्रममा निर्माण व्यवसायी संघ कर्णाली प्रदेशका महासचिव डिल्लीबहादुर के.सीले आफुहरु नयाँ ढंगका साथ अगाडी बढीरहेको र राज्यको जहिले पनि सहयोगी भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्