लागूऔषधसहित ७ जना पक्राउ



काठमाडौं ।
काठमाडौं र भक्तपुरबाट अवैध लागूऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं चन्द्रागिरी नगरपालिका(२ नागढुङगा चेकपोष्टबाट पर्सा पोखरीया नगरपालिका ४ का १८ वर्षीय अभिनास यादवलाई नियन्त्रित लागूऔषध डाईजेपाम १ सय एम्पुल, फेनरागन १ सय एम्पुल र नुफिन १ सय एम्पुल सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले वीरगंजबाट काठमाडौं आउँदै गरेको ना।५ ख। ६५४४ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसमा सवार यादवलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं चन्द्रागिरी नगरपालिका(२ नागढुङगा चेकपोष्टमा जाँच गर्न खटिएको प्रहरीले नियन्त्रित लागूऔषध सहित ३ जनालाई मंगलबार बिहान पक्राउ गरेको छ । कपिलबस्तुबाट काठमाडौं आउँदै गरेको लु१ख ८३२३ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसमा सवार काठमाडौं गोकर्णेश्वर नगरपालिका ७ बस्ने २२ वर्षीय विजय भारतीलाई लागूऔषध नाईट्राभेट १ सय ५० एम्पुल, काठमाडौं बुढानिलकण्ठ नगरपालिका(६ बस्ने २१ वर्षीय सुदिप ठकुरी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका ५ बस्ने २४ वर्षीय राजु गिरीलाई लागूऔषध डाईजेपाम, फेनरागन र नुफिन गरी करिब ७५ एम्पुल सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं चन्द्रागिरी नगरपालिका(२ नागढुङगा चेक प्वाईन्टबाट धादिङ तसरपु गाउँपालिका(५ बस्ने १८ वर्षीय रमेश तामाङलाई लागूऔषध चरेश ८ सय १५ ग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा।५ ख ११८० नम्बरको बस जाँच गर्ने क्रममा तामाङले कालो झोलामा लुकाइ छिपाई राखेको उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

भक्तपुर, भक्तपुर नगरपालिका व्यासीबाट सोही नगरपालिका बस्ने २६ वर्षीय राजु कर्माचार्य र सोही नगरपालिका ५ डेकोचा बस्ने २२ वर्षीय विजेस नाटलाई नियन्त्रित लागूऔषध डाईजेपाम, फेनरागन र नुफिन गरी १२ एम्पुल र सिरिन्ज ७ थान सहित सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्