कांग्रेसले किसानको हितमा काम गरेको दाबी



धर्मेन्द्र बिसी, अछाम
नेपाल किसान संघ पञ्चदेवल बिनायक नगरपालिकाको नगर अधिबेशन सम्पन्न भएको छ ।

किसान संघ अछामका अध्यक्ष ललित कुँवरको अध्यक्षा तथा नेपाली काँग्रेस अछामका सभापति भरत कुमार स्वारको प्रमुख आथित्यतामा अधिबेशनको सम्पन्न भएको हो ।

किसान संघ पञ्चदेवल बिनायक नगर समितिको अध्यक्षमा छत्र बहादुर शाहि चयन हुनु भएको छ । शाहिको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति पार्टि सभापति भरत कुमार स्वारले किसानहरुको आशाको केन्द्र किसान संघ रहेको दावी गर्दै नयाँ नेतृत्वको कार्यकाल सफलताको शुभकामनम व्यक्त गर्नु भयो ।

किसानहरुका समस्या समाधानका लागी नेपाली काँग्रेसले महत्वपुर्ण भुमिका खेल्दै आएको उल्लेख गर्दै उहाले स्थानिय सरकार किसानमैत्री बन्नुपर्नेमा जोड दिनु भएको छ ।

कार्यक्रममा पुर्व पार्टि सभापति तथा महासमिति सदस्य पुष्प बहादुर शाहि बिशिष्ट अथिति रहनु भएको थियो भने महासमिति सदस्य बल बहादुर कुँवर,पञ्चदेवल बिनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा, महाधिवेशन प्रतिनिध टक्कर ताम्राकार,कमल बहादुर बि.क,प्रबक्ता बेदप्रकाश तिमिल्सेना, तरुण दलका अध्यक्ष प्रकाश साउँद लगायतका अथिति रहनु भएको थियो । नगर सभापति खेमराज अधिकारीले स्वागत गर्नु भएको कार्यक्रमको संचालन काँग्रेस क्षत्र नम्बर २ का क्षेत्रिय सचिव टंक धामिले गर्नु भएको हो।

प्रतिक्रिया दिनुहोस्