चिनियाँ आर्थिक बृद्धीदरमा गिरावट



बेइजिंग (एजेन्सी)
चीन अहिले आर्थिक जोखिम रोक्न, गरिबी हटाउन र प्रदुषण नियन्त्रित गर्नका लागि तीन महत्वपुर्ण मोर्चामा लडिरेको एबीएसका कमिश्नर निंग जिझेले बताए । यसबीच गत हप्ता चीनका प्रधानमन्त्री ली केकियांगले मन्द आर्थिक बृद्धीदरलाई लिएर सरकार अर्थब्यवस्थालाई पहाडबाट गिर्न नदिने बताएका थिए ।

गत बर्ष अमेरिका संग चीनको ब्यापार युद्ध चर्चामा रह्यो । अमेरिकी राष्टपति डोनाल्ड ट्र्म्पले चीनबाट आयात हुने करिब आधा सामानमा अतिरिक्त शुल्क लगाएका थिए । त्यसपछि चीनलेपनि अमेरिकी सामानमा शुल्क लगाएका थिए ।

अजेन्टिनाको राजधानी ब्युनस आयर्समा सम्पन्न जी २० शिखर सम्मेलनका क्रममा चिनियाँ राष्टपति सी जिनपिंगर ट्र्म्पबीच ३ महिनाका लागि युद्ध विराममा सहमति भएको थिो । दुई देशबीच विद्यमान समस्या समाधान खोज्न यसै महिनाको अन्तमा वासिंगटमा दुई देशका अधिकारीहरुबीच बैठक हुने छ ।

यो गतिरोधले आत्मविश्वास कम गरेको विश्लेषकहरुले बताएका छन् । सेयर बजारको स्थिति कमजोर बनेको छ र यसले चिनियाँ मुद्रा युयान कमजोर भएको छ । बढ्दो ऋण, वित्तिय जोखिम र प्रदुषणसँग लडन सकारको नितिमा अवरोध आइरहेको विज्ञहरुले बताएका छन् ।

यसबीच चीनले मेट्रे लाइन र सडक निर्माण जस्ता प्रमुख परियोजनामाथि रोक लगाएको छ । आधारभुत संरचनामा गत बर्षको १९ प्रतिशतको तुलनामा ३ दशमलव ८ प्रतिशतले मात्र बृद्धी भएको छ ।
अमेरिका र विश्वको अन्य देशमा हुने चीनको निर्यात पनि डिसेम्बरमा घटेको छ ।

चीनको गत बर्षको आर्थिक बृद्धीदर विगत २८ बर्षकै सबैभन्दा कम ६ दशमलव ३ प्रतिशतमा झरेको छ । अमेरिकासँगको ब्यापार युद्ध जारी रहको स्थितिमा यो बृद्धीदर यस बर्ष पनि यथावत रहने अनुमान गरिएको छ । यदि अमेरिकी हितमा चीनसँग सहमति हुन नसकेको अवस्थामा अमेरिकी राष्टपति ट्र्म्प थप चिनियाँ सामानमा अतिरिक्त शुल्क लगाउन तयार देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्