निकारागुवाका चर्चित पत्रकार निर्वासित



मानागुवा,(एजेनसी)
निकारागुवाका राष्ट्रपति डानियल ओर्टेको सरकारका खुल्ला आलोचक रहेका एकजना पत्रकारले सोमवार आफु कोस्टारिकामा निर्वासित भएके घोषणा गरेका छन् । कार्लोस फर्नान्डो चामोर्रोले लगातार ज्यानको धम्की आउन थालेकाले आफुले पत्नीसंगै निकारागुवा छोड्ने निर्णय गरेको बताएका छन् ।

उनको सम्पादनमा निस्कने गरेको डिजिटल अखवार एल कन्फिडेन्सियलको कार्यालयमा प्रहरीले छापा मारेको पाँच सातापछि उनी निर्वासित भएका हुन् । सरकारी दमनका कारण राष्ट्र छाड्ने उनी पछिल्लो स्वतन्त्र पत्रकार हुन् ।
निकारागुवाको एक प्रभावशाली परिवारका सदस्य रहेका फर्नान्डोले एउटा साप्ताहिक टेलिभिजना कार्यक्रम पनि चलाउँदै आइरहेका थिए । उनी राष्ट्रकै उत्कृष्ट पत्रकारहरु मध्ये एक हुन् ।

उनी नब्बे दशकको राष्ट्रपतिय चुनावमा ओर्टेगालाई पराजित गरी सन् १९९० देखि १९९७ सम्म निकारागुवाको सत्तामा रहेका भायोलेटा चामोर्रोका पुत्र हुन् । ला प्रेन्सा नामक अखवारको सम्पादक रहेका भायोलेटाका पिता पेड्रो जोआक्विन चामोर्रोको गोली हानी हत्या भएको थियो ।

उनी पनि निकारागुवाको सोमोजा परिवारको शासनका कटर विरोधि रहेका थिए । गत १४ डिसेम्वरमा चामोर्रोको कार्यालयमा छापा मारेकै दिन सरकारले निकारागुवामा मानव अधिकार उल्लंघन भएको आरोप लगाउँदै आएका थुपै्र गैर सरकारी संस्थामा पनि खानतलाशी लिएको थियो ।

कोस्टारिकाको राजधानीबाट बोल्ने क्रममा फर्नान्डोले आफुलाई स्वदेशमा अपराधि करार गरिने डर भएको बताएका छन् । उनले सरकारको अपराध , भ्रष्टाचार , विशेष अधिकार र तानाशाही विरुद्ध अनुसन्धान जारी रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्