एयरबसले पैंसठी वटा विमान बिक्री गर्ने



 

पेरिस,(एजेन्सी)
विमान खरिदबिक्री गर्ने अन्तर्राष्टिय स्तरको व्यापारिक संस्था एसएमबीसी एभिएसन क्यापिटलले फ्रान्सस्थित एयरबस कम्पनीसँग ए ३२० नियो सिरिजका ६५ वटा विमान खरिद गर्न लागेको एयरबस कम्पनीले जनाएको छ ।

उक्त विमानको प्रचलित बजार मुल्य ७ अर्ब ४७ करोड अमेरिकी डलर रहेको छ ।

डब्लिनस्थित उक्त एसएमबीएस कम्पनीले गतवर्ष मात्र ७१ वटा एयरबस खरिद गरेको थियो । ठूलो संख्यामा बिमान खरिद गर्न लागेकाले बिक्री मूल्यमा छुट हुनसक्ने सो कम्पनीले जनाएको छ । विश्वकै ठूलो विमान खरिदबिक्री र लिजमा विमान दिने एसएमबीसी कम्पनी जापानी कम्पनीहरुको साझेदारीमा स्थापना भएको थियोे ।

गत ३ जनवरीमा एयरबस कम्पनीले अमेरिकी एयरलाइन्स जेटब्लूलाई एघार अर्ब अमेरिकी डलर मुल्यमा १ सय २० वटा ए२२०–३०० सिरिजका बिमानहरु बिक्री गर्न लागेको जानकारी दिएको थियो ।

अहिले सम्म विश्वका दुई ठूला विमान कम्पनी एयरबस र बोइंगबीच विश्व बजारमा आधिपत्य रहँदै आएको छ । यि दुई कम्पनीबीच कडा प्रतस्पर्धा समेत हुँदै आएको छ । सन् २०१८ मा एयरबसले ८ सय वटा व्यावसायिक बिमान बिक्री गरेको थियो भने बोइङले ८ सय ६ वटा बिमान बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्