सगरमाथा चढ्ने कटौती



बेइजिंग (एजेन्सी)
विश्वकै सर्वोच्च शिखर सगमाथा उत्तरी मोहदाबाट आरोहन गर्ने प्रयास गर्ने पर्वतारोहीको संख्यामा चीनले यस बर्ष एक तिहाइसम्म कटौती गर्ने भएको छ । सगमाथाको बृहत सफाई अभियान अन्तरगत उक्त कदम चालिएको हो ।

८ हजार ८ सय ४८ मिटर अग्लो यो हिमालको तिब्बत तर्फबाट चढ्नेको संख्या ३ सयमा सिमित राख्ने चीनको सरकारी सन्चार माध्यमले सोमबार जनाएको छ । पर्वतारोहनको मौसम पनि वसन्त ऋतुसम्म मात्र सिमित रहने जनाइएको छ । सर सफाई प्रयासमा आरोहनका क्रममा ८ हजार मिटर भन्दा माथि मृत्यु भएकाहरुको शव बरामद गर्नु पनि रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्