सेरेना उपाधि दावेदारीमा अगाडि



मेलबर्न, (एजेन्सी)
शीर्ष खेलाडी सिमोना हालेपलाई हराएपछि सेरेना विलियम्स जारी अस्टे«लियन ओपनको प्रबल उपाधि दावेदारीमा उभिएकी छन् ।

करियरको २४औं ग्रान्डस्लाम उपाधि जित्ने लक्ष्यमा रहेकी सेरेनाले हालेपलाई ६–१, ४–६, ६–४ ले पाखा लगाएकी हुन्। योसँगै अमेरिकी खेलाडीको क्वार्टरफाइनल यात्रा तय भयो । ३७ वर्षीया सेरेनाले आफु भन्दा १० वर्ष कान्छी रोमानियनविरुद्ध पहिलो सेट मात्र २० मिनेटमा जितेकी थिइन् । यसपछि भने सो खेल हाइ क्वालिटीमा परिणत भएको थियो ।

तर हालेपले दोस्रो सेटमा पुनरागमन गर्दै खेल निर्णायक सेटसम्म तानेकी थिइन् । तेस्रो सेटमा ३–३ को अवस्था हुँदा सेरेनाले ३ ब्रेक प्वाइन्ट बचाएर हालेपको सर्भिस तोडिन् । यसपछि अर्को गेम जितेर ५–३ को स्थितिमा पु¥याइन । हालेपले अर्को गेम जित्दै ५–४ मा सेट खुम्च्याइन् । तर २३ ग्रान्डस्लाम विजेता सेरेनाले आफनो सर्भिसमा कुनै गल्ती नगरी गत वर्षकी रनरअपलाई प्रतियोगिताबाट छुट्टी गरेकी थिइन् ।

सेरेना गत वर्ष आमा बनेपछि पहिलो ग्रान्डस्लाम जित्ने पर्खाईमा रहेकी छिन् । गर्भवतीको अवस्थामा गत वर्ष मेलबर्न पार्कमा उनले २३औं ग्रान्डस्लाम उपाधि जितेकी थिइन् । ७ पटककी विजेता सेरेनाले अर्को खेलमा चेक खेलाडी कारोलीना पिलीस्कोभासँग खेल्नेछिन् । पिलीस्कोभाले स्पेनकी गार्बिन मुगुरुजालाई ६–३, ६–१ ले हराएर अन्तिम आठमा स्थान सुरक्षित गरेकी हुन् ।

निशीकोरीको सानदार जित
जापानी खेलाडी केइ निशीकोरीले सानदार पुनरागमन गरेर अस्टे«लियन ओपनको क्वार्टरफाइनलमा आफुलाई उभ्याएका छन् । सोमबार भएको खेलमा निशीकोरीले पाब्लो कारेनो बुस्टालाई ६–७, ४–६, ७–६, ६–४, ७–६ ले पन्छाएका थिए । आठौं वरियताले २ सेटले पछि परेको अवस्थालाई पन्छाएर जारी प्रतियोगितामा ५ सेटमा तेस्रो जित हात पारेका थिए ।

निर्णायक सेटमा सुपर टाइ ब्रेक भएको थियो । जसमा १० अंक जोड्नेले जित हात पार्ने प्रावधान रहेको थियो । स्पेनका कारेना बुस्टा ८–५ अंकले अगाडि थिए, तर निशीकोरीले लगातार ५ अंक जोडेर निर्णायक सेट १०–८ मा जित्दा ५ घण्टा ५ मिनेटको समय लागेको थियो । उनको सामना शीर्ष वरियता खेलाडी नोभाक जोकोभिचसँग हुनेछ । सर्बियाली खेलाडी डानील मेडभेडेभलाई ६–४, ६–७, ६–२, ६–३ ले हराउँदै अन्तिम आठमा पुगेका हुन् ।

ओसाका पनि अन्तिम आठमा
अर्की जापानी खेलाडी नाओमी ओसाका पनि प्रतियोगिताको अन्तिम आठमा पुगिन् । युएस ओपन विजेता ओसाकाले लात्भियाकी एनास्टासीया सेभासटोभालाई हराएकी थिइन् । उनले पहिलो सेट ६–४ ले हारे पनि बाँकी सेट ६–३, ६–४ ले जित्दै एलीना स्विटोलीनासँग खेल्ने तय गरेकी छिन् । युक्रेनकी स्विटोलीनाले अमेरिकी खेलाडी मेडिसन किजलाई ६–२, १–६, ६–१ ले पराजित गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्