छत्रेश्वरी गाउँपालिकाले किन्यो एकैपटक ३ वटा एम्बुलेन्स



सरिता चलाउने, सल्यान ।
सल्यानको छत्रेश्वरी गाउँपालिकाले एकैपटक ३ वटा एम्बुलेन्स खरिद गरेको छ ।

गाउँपालिकामा रहेको तीन बर्थिङ सेन्टरलाई मध्यनजर गरी एकैपटकमा तीन एम्बुलेन्स खरिद गरेको हो ।

गाउँपालिकाको कार्यपालिका बैठकले ४ ठाउँमा संचालनमा आएका बर्थिङ सेन्टर भोटेचौर, झिम्पे र दमाचौर स्वास्थ्य चौकीमा एक एक थान एम्बुलेन्स खरिद गर्ने निर्णय गरेपछि एम्बुलेन्स खरिद गरिएको गाउँपालीका अध्यक्ष सन्तोष केसीले बताए ।

सोही निर्णयलाई कार्यान्वयन गर्दैगाउँपालिकाले एम्बुलेन्स खरिद गरेको गाउँपालिका उनले बताए । प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखरामा भने अघिल्लो बर्षदेखि नै एम्बुलेन्स संचालनमा आइसकेको छ । गाउँपालिकाले स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गर्ने छ ।

संचालनमा आयका ४ वटा बर्थिङ सेन्टर तथा स्वास्थ्य चौकीबाट एम्बुलेन्स संचालनमा आएपछि त्यस क्षेत्रका बिरामी नागरिक तथा गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्था सम्म पुग्न सहज हुने अध्यक्ष केसिले बताए ।

उपचार गर्नको लागि एम्बुलेन्स तथा यातायातका साधनको उचित ब्यबस्था नभयका कारण कयौं बिरामीले ज्यान गुमाउने गरेकाले त्यो समस्यालाई मध्यनजर गर्दै सम्पुर्ण बिरामी हरुले एम्बुलेन्स प्रयोग गर्न सक्ने उनले बताएका छन । अति गरिब बिरामी हरुलाई उनिहरुको पहिचान गरि एम्बुलेन्समा लिईने सुल्कमा पनि छुट गरिने अध्यक्ष केसिले बताएका छन ।

यो सगै छत्रेश्वरि गाउपालिका जिल्लामै आफ्नै श्रोतबाट एम्बुलेन्स खरिद गर्ने पहिलो गाउँपालिका बनेको छ । साबिक ४ वटा गाबिस रहेको छत्रेश्वरिमा अहिले ७ वटा वडा रहेका छन । बिरामीको लागि एम्बुलेन्स चाहिएमा श्रीनगर र खलंगा बाट एम्बुलेन्स बोलाउनु पर्ने बाध्यता अब टर्ने वडा नम्बर ३ का अध्यक्ष राजबहादुर बुढाथोकीले बताएका छन ।

बिरामी भएको समयमा बिरामीलाई स्वास्थ्य संस्था सम्म पुग्न यातायातका साधन भनेको बेला नपाइने र पाईएतापनी कमै रुपमा पाइने समस्या रहेकोले अब एम्बुलेन्स आयपछी त्यो समस्या हट्ने बिस्वास गाउँपालिका बासीले गरेका छन ।

यसअघि गाउँपालिकामा १ वटा एम्बुलेन्स थियो । अब छत्रेश्वरी गाउँपालिकामा ४ वटा एम्बुलेन्स भएका छन् ।

प्रतिक्रिया दिनुहोस्