बैतडीमा क्षमताभन्दा दोब्बर कैदी हुँदा समस्या



विनोद सिंह विष्ट, बैतडी ।
जिल्ला कारागार बैतडीमा क्षमता भन्दा दोब्बर कैदीबन्दी हुदाँ समस्या भएको छ ।
चिसो बढेसंगै वसोवास तथा उपचारमा समस्या भएको हो ।

भवन अभाव हुदा क्षमता भन्दा दोब्बर कैदी बस्नु पर्ने बाध्यता रहेको छ । २५ जना क्षमताको भवन भएकोमा अहिले ५१ जना कैदीहरु बस्दै आएका छन । कारागारमा भवन नहुदा कैदीबन्दीहरुले एकै कोठामा क्षमता भन्दा धेरै कैदीहरुले बस्नु पर्ने बाध्यता रहेको जेलर अनिल कुमार तिवारीले जानकारी दिए ।

१५ जना पुरुष र १० जना महिला गरी २५ क्षमता भएको ४ कोठे कारागार भवन भएपनि ५१ जना कैदीबन्दीहरु बस्न बाध्य छन । यसरी एकै कोठामा क्षमता भन्दा बढि कैदिबन्दी बस्नु पर्दा समस्या त हुने नै भयो, सरुवा रोगको संक्रमण बढ्ने गरेको कारागार कार्यालयले जनाएको छ ।

वि स २०४० सालमा निर्माण गरीएको कारागार अहिले जिर्ण हुदै गईरहेकोे छ । पानी परेको बेला चुहिने भएकाले छानोमा त्रिपालहालेर बस्ने गरिएको छ ।

कारागारमा क्षमता भन्दा बढी कैदी भएकाले उपचारको लागी पनी उत्तिकै समस्या भएको छ ।
जिल्ला कारागार बैतडीमा मानव बेच विखन, कर्तब्यज्यान मुद्धा, जबरजस्ती करणी, सवार ज्यानका लगायत ५१ कैदीहरु रहेका छन ।

भवन अभावका कारण कैदि बन्दी र आफुहरुले भोगिरहेको समस्याका बारेमा कारागार व्यवस्थापन विभागलाइ अवगत गराएको लामो समय वितिसक्दा पनि कुनै सुनवाइ नभएको जेलर तिवारीको भनाइ छ । उनले भने“ पटक पटक कारागार भवन निर्माणका लागि स्टमेट र डिजाइन बनाएर विभागमा पठाए पनि कार्यान्वयन भएको छैन् ”

प्रतिक्रिया दिनुहोस्