न्यूयोर्कमा महिला अधिकारवादीको प्रदर्शन



 

न्यूयोर्क,(एजेन्सी)
एकदम चिसो प्रतिकुल मौसमको वावजुद पनि दशौँ हजार महिलाले अमेरिकाको न्यूयोर्कमा बृहत विरोध प्रदर्शन गरेका छन् । तिनीहरुले महिला अधिकार र लैगिंक असमानता अन्त्य लगायतका विभिन्न माग राख्दैे शनिबार प्रदर्शन गरेको अमेरिकी संचार माध्यमले जनाएको छ । वार्षिक देशव्यापी यस्तो कार्यक्रम आयोजन ागर्ने क्रममा तिनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शन शुरुहुन अघि तिनीहरु स्थानीय समयानुसार बिहान करिव ११ बजेको आसपासमा म्यानह्याटनको पश्चिमतर्फ एकत्रिट भएका थिए । प्रदर्शनमा सहभागी हजारौँले आफैँ बनाएका विविध पोस्टर तथा ब्यानरहरु प्रदर्शन गर्नुका साथै विभिन्न नारा लगाएका थिए । यस प्रदर्शनमा करिव एक हजार पाँच सय महिलाको सहभागिता रहेको छ ।

तिनीहरुले व्यानर, पोष्टर र नारामा लैंिगकता विभेद सम्बन्धी र मुलुकमा भइरहेको अन्याय सम्बन्धी विषयलाई उललेख गरेका थिए । सो प्रदर्शनमा सहभागि हुने १७ वर्षीया इमिली वाल्टरले महिलाहरुको नयाँ अधिकारयुक्त अवस्था र उज्वल भविष्यका लागि आफु प्रदर्शनमा सहभागी हुन आएको बताएकीछिन् । सन् २०१७ को जनवरीमा पहिलो पटक यसरी महिला ¥याली आयोजना गरिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथग्रहण समारोह भइरहेका बेला दबाब दिनका लागि त्यतिबेला महिलाहरुले सो प्रदर्शनको आयोजना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्