एक सय सत्तरी आप्रवासी डुबेर मरेको आशंका



म्याड्रिड,(एजेन्सी)
संयुक्त राष्ट्र संघको शरणार्थी सम्बन्धी उच्चायोग ( युएनएचसिआर ) ले आइतवार भुमध्य सागर क्षेत्रमा दुईवटा छुटाछुटै जहाज दुर्घटनामा करिव १ सय ७० जना मानिसकाु समुद«मा डुबेर मृत्यु भएको आशंका गरिएको जनाएको छ ।

इटालियन नौसैनिक सुत्रले लिवियाको समुद«ी तटमा १ सय १७ जनाअवैध आप्रवासी चढेको एउटा जहाज डुबेको पुष्टि गरेको छ । त्यसैगरी मोरोक्को र स्पेनी सरकारी निकायले पश्चिमी भुमध्य सागर क्षेत्रमा हराइरहेको एउटा जहाज भेटउने प्रयास गरिरहेको बताएका छन् ।
तर युएनएभसिआरले कूल मृतकको संख्या स्वतन्त्र रुपमा पुष्टि गर्न सकेको छैन । सन् २०१८ मा असुरक्षित ढंगले भुमध्य सागर पार गर्ने कोसिसको क्रममा २ हजार २ सय जना भन्दा बढि व्यक्तिले अकालमा ज्यान गुमाएका थिए ।

युएन एचसिआरका प्रमुख आयुक्त फिलिप्पो ग्रान्डीले युरोपमा सुविधा समपन्न सुनौलो भविष्यको आशामा यसरी वर्षेनी ठूलो संखयामा मानिसहरुको ज्यान गइरहनु गम्भी रसमस्या भएको तथा सागरमा हराइरहेका अन्य मानिसहरुको उद्धार कार्यमा कुनै पन कमि नआउने बताएका छन् ।

भुमध्य सागरको पशिचमा पर्ने आल्वारान सागरमा वेपत्ता भएको जहाजमा ५३ जना मानिस सवार रहेको बताइएको छ । चौविस घन्टा सम्म समुद«मा अलपत्र परेका एक व्यक्तिलाइृ जिवित उद्धार गरी मोरोक्कोको अस्पतालमा उपचार शुरु गरिएको छ । यस जहाजको खोजिमा थुपै्र जहाज संलग्न रहेका छन् । आप्रवासीका लागि अन्तर्राष्ट्रिय संगठन ( आइओएम ) का अनुसार अर्को जहाज शनिवार लिवियाबाट हिंडेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्